back
CTIZAN AD

बचतमा सीमा तोक्ने प्रस्तावप्रति सहकारी महासंघकाे विरोध

वि.सं.२०७९ फागुन ४ बिहीवार

966 

shares

काठमाडौं । सहकारीमा बचत गर्दा सीमा तोक्ने तयारीप्रति राष्ट्रिय सहकारी महासंघले विरोध जनाएको छ । सहकारी ऐन संशोधन गरी सहकारीमा २५ लाखभन्दा बढी बचत गर्न नपाइने व्यवस्था गर्न लागिएकोमा महासंघले विरोध जनाएको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले बचतमा सीमा निर्धारण गर्दा सहकारी अभियानलाई धक्का पुग्ने बतायो ।

सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)लाई ध्यानमा दिँदै बचतमा सीमा तोक्ने व्यवस्था गर्न लागेको छ । सहकारी ऐन, २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सीमा तोक्ने कुरा उल्लेख छ । यसबाट सहकारी अभियानलाई सङ्कुचित बनाउन खोजिएकाले उक्त प्रस्तावित दफालाई हटाउनु पर्ने महासंघको सुझाव छ ।

सहकारीमा वर्तमान अवस्थामा चुनौतीको रुपमा देखिएको तरलताको व्यवस्थाको लागि महासंघको निर्देशनमा बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकले स्थापना गरेको तरलता व्यवस्थापन कोषमा राज्यको तर्फबाट १० अर्व रुपैयाँ थप गर्न माग गरिएको छ । महासंघले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न, सहकारी नियामावली संसोधन गरी ब्याजदर स्वचालित हुने व्यवस्था मिलाउन,सहकारीको ऋण पूर्नसंरचना र पूर्नतालिकीकरणको व्यवस्था गर्न, अनुगमनका लागि सेकेन्ड टायर इन्सटिच्युस स्थापना गर्न तथा ऋण असुलीमा सहयोग गर्नलगायतका आग्रह समेत गरेको छ ।

सहकारीहरूमा पनि तरलता अभाव खेपिरहेको अवस्थामा सरकारले अभिभावकत्व लिन र सकारात्मक सन्देश प्रवाह गर्न महासंघको आग्रह छ ।

याे पनि…

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष मिनराज कंडेलले अर्थतन्त्र संकुचित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताएका छन् । सहकारी क्षेत्रमा परेको समस्या समाधानका लागि महासंघले सहजीकरण उपसमिति बनाएको,प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री, कानून मन्त्री र संघिय सहकारी विभागका रजिष्ट्रारलाई समस्या समाधानका लागि तत्काल र दीर्घकालमा गर्नुपर्ने काम बारे सुझाव दिइएको बताए ।

यस्तै, महासंघले सहकारी संघ/संस्थाको ऋण असुलीमा सहयोगी भूमिका निर्वाह गर्दै सरकारले संघ संस्थाबाट ऋणीको नामको चल अचल सम्पत्ती रोक्काका लागि अनुरोध भइआएमा त्यसलाई सहज रुपमा ऋण सुरक्षण गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने महासंघको माग छ । सहकारी संस्थाले समेत सञ्चालक तथा व्यवस्थापनले लिएको ऋण असुलीलाई पहिलो प्राथमिकतामा राखी जोखिम न्युनीकरणका सम्पूर्ण उपायहरु अवलम्बन गर्नुपर्ने महांसघले बताएको छ ।

सहकारी संघरसंस्था सदस्यद्वारा संचालन र नियन्त्रण हुने भएकाले सदस्यले आफ्नो संस्थालाई समस्यामा पर्न नदिनका लागि जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने महासंघको भनाई छ । साथै, यस प्रतिकूल अवस्थालाई ध्यानमा राखी संघरसंस्था सुसञ्चालनमा केन्द्रित हुन महासंघले सम्पूर्ण सहकारी संघरसंस्थालाई समेत आव्हान गरेको छ।

वि.सं.२०७९ फागुन ४ बिहीवार १८:१० मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...