back
CTIZAN AD

प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट

वि.सं.२०७९ फागुन ४ बिहीवार

684 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरू सामाजिक विभेदहरूको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले आयोगहरूको गठन धेरै ठूलो सङ्घर्ष र बहसपश्चात् भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, “समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरूको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ र मात्र आयोगहरूले प्रभावकारीरूपमा काम गर्न सक्छन् ।”

आयोगका अध्यक्षहरूले मानव अधिकारसम्बन्धी आठवटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरूका लागि सेवा, सर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रमबमोजिम भएको नदेखिएकाले निर्दिष्ट मर्यादाक्रमबमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको धारणा थियो ।

भेटवार्तामा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना, मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कावा अध्यक्ष महमदिन अलीको सहभागिता रहेको थियो ।

 

वि.सं.२०७९ फागुन ४ बिहीवार २१:२७ मा प्रकाशित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...