back
CTIZAN AD

मुक्तिनाथ कृषि कम्पनीको व्यवसायिक साझेदार सम्मेलन चितवनमा सम्पन्न

वि.सं.२०७९ फागुन ५ शुक्रवार

657 

shares

काठमाडौ । मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यवसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानमार्फत समग्र कृषि मूल्य श्रृंखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ उक्त कम्पनी स्थापना भएको हो ।

मुक्तिनाथ विकास बैंकका अध्यक्ष एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा विस्तारमा अहोरात्र खटिरहेका व्यवसायिक साझेदारहरूको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृंखलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यवसायिक साझेदार, कृषि कम्पनी र बैंकको त्रिपक्षीय साझेदारीद्वरा कृषि क्षेत्रलाई उद्यमको रूपमा विकास गर्दै ग्रामीण क्षेत्रको अर्थतन्त्र उकास्न समग्र कृषि अर्थ चक्रको व्यवस्थित विकास गर्नुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूको लगानी उत्पादनशील क्षेत्रभन्दा बाहिर भइरहेको अवस्थामा अबको लगानी क्षेत्र कृषि हुनुपर्ने कुरामा जोड दिएका थिए । आवश्यकता अनुसार व्यवसायिक साझेदार तथा कृषि उद्यमीहरूसँग वित्तीय क्षेत्रमा प्रत्यक्ष जोडिन तयार रहेको उनको भनाइ थियो ।

कम्पनीले कृषकहरूको उत्पादन र उत्पादकत्व वृद्वि गर्न आफ्नो वस्तु तथा सेवाहरू देशैभरी पु¥याइ बजारको माग अनुसार उत्पादन प्रणालीको विकास गरी कृषि उपजहरूको खरिद सुनिश्चितताका साथ गुणस्तरीय उत्पादन आम उपभोक्ता माझ पु¥याउने उद्देश्यका साथ कार्य गरिरहेको कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए ।

आफ्ना व्यवसायिक साझेदारहरूको व्यवसायिक क्षमता अभिवृद्वि, समस्याहरूको पहिचान, दूरदराजका कृषकहरूमाझ सर्वसुलभ रूपमा गुणस्तरीय कृषि प्रविधि तथा सेवाहरू विस्तार गर्न भावी रणनीति समेत तयार गर्ने उद्देश्यका साथ भरतपुरमा सञ्चालित उक्त सम्मेलनमा देशभरका व्यवसायिक साझेदारहरूको सक्रियतापूर्वक उपस्थिति रहेको थियो ।

बेष्ट च्यानल पार्टनर अफ द इयर २०७८/७९, बेस्ट इन्टेरियर फ द इयर २०७८/७९, योङ एग्रो इन्टरप्रिनर २०७८/७९ विधाबाट उक्त विधाहरूमा उत्कृष्ट व्यवसायिक साझेदारहरू र कम्पनीको बजार प्रतिनिधि मध्ये १ जनालाई एमकेसियल च्याम्प अफ द इयर २०७८/७९ विधाबाट सम्मान गरिएको कम्पनीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेशन विभागका विभागीय प्रमुख रोशन मल्लले बताए । यसबाट व्यवासायिक साझेदार तथा कम्पनीको प्रतिनिधिको रूपमा खाटिका कर्मचारीहरूलाई थप प्रेरणा तथा हौसला मिल्ने कम्पनीका बिक्री विभाग प्रमुख गोपाल लम्सालले बताए ।

चितवनको भरतपुर स्थित चितवन एक्स्पो सेन्टरमा माघ २७ देखि २९ गतेसम्म सञ्चालित पाँचौ रास्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीको अवसर परेर आयोजना गरिएको सो सम्मेलनमा सहभागी व्यवसायिक साझेदारहरूलाई प्रदर्शनीको समेत भ्रमण गराइएको थियो । सो भ्रमणबाट विभिन्न कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिहरूको बारेमा जानकारी लिई स्थानीय स्तरमा कृषकहरू माझ प्रविधि प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कमपनीले लिएको छ ।

उक्त प्रदर्शनीमा मुक्तिनाथ कृषि कम्पनी प्रदर्शनीको कृषि साझेदारको रूपमा रही कम्पनीमार्फत प्रदान गर्दै आएका नवीनतम कृषि प्रविधि, वस्तु तथा सेवाहरूको बारेमा भ्रमणकर्तालाई सुसुचित गराएको थियो ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार ०८:४३ मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...