back
CTIZAN AD

नेता चन्द्र भण्डारीको खुट्टाको शल्यक्रिया सम्पन्न

वि.सं.२०७९ फागुन ५ शुक्रवार

852 

shares

काठमाडौं । सिलिन्डर विस्फोटमा परी घाईते भएका कांग्रेस नेता चन्द्र भण्डारीको खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।
अस्पतालमा नेता भण्डारीसँगै रहेका योगराज कंडेलका अनुसार उनको आज गरिएको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको हो ।

अस्पतालका मुख्य सर्जन डा. सुनिल केसवानीका अनुसार नेता भण्डारीको दायाँ खुट्टामा एकदमै डिप ईन्जुरी रहेको कारण अप्रेशनका क्रममा सोचेभन्दा बढी समय लागेको थियो भने दायाँ खुट्टा माईल्ड रहेको पनि कँडेलले जानकारी दिएका छन् ।

त्यस्तै आज गर्ने भनिएको दुईवटा सर्जरीमा दोस्रो सर्जरी गर्ने वा नगर्ने भन्ने विषयमा अव्जरवेसन पछि मात्र निर्णय हुने बताइएको छ ।

बुधबार राति काठमाडौैंको बुद्धनगरस्थित आफ्नै निवासमा दुर्घटनामा परेर गम्भीर भएका नेता भण्डारीलाई नेपालमा उपचार सम्भव नभएपछि मुम्बइको नेशनल बर्न  सेन्टरमा लगिएको थियो । भण्डारीसँगै दुर्घटनामा परेकी उनकी आमाको बिहीबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार १६:४६ मा प्रकाशित

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...