back
CTIZAN AD

पालिकाले सुरु गर्याे ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम

वि.सं.२०७९ फागुन ५ शुक्रवार

1.1K 

shares

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो ।

ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेका छन् । विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सके विद्यार्थीमा कृषि विषय अध्ययन गर्न उत्प्रेरणा जगाउने तथा कृषिमा भएका नवीनता प्रविधिसम्बन्धी ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए ।

“हाम्रो पालिकाका अधिकांश किसान कृषिमा निर्भर छन्, उनीहरूका छोराछोरीलाई कृषिसम्बन्धी ज्ञान दिने उद्देश्य हामीले लिएका छौँ”, चौधरीले भने“बालबालिका उच्च शिक्षा पढेर बेरोजगार भइरहेको अवस्था छ । कृषि पढेमा आफ्नै बारी भएकाले कृषिमा राम्रो आम्दानी गर्न सक्छन् ।”

गाउँपालिकाले यस वर्ष जयपार्वती आधारभूत विद्यालय परागीपुर, जनता माध्यमिक विद्यालय अमरावती र अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटामा विद्यार्थी कृषि करेसारबारी कार्यक्रम सञ्चालन गर्दैछ । उक्त कार्यक्रमअन्र्तगत विद्यार्थीलाई कुनै एक बालीका बारेमा सैद्धान्तिक ज्ञान दिनुका साथै उनीहरूको प्रत्यक्ष सहभागितामा बाली बिरुवामा देखिने विभिन्न समस्या पहिचान गराई र समाधानका उपायका बारेमा सिकाइन्छ ।

उक्त कार्यक्रम लागू भएका विद्यायलमा कृषि प्राविधिक शिक्षक तथा अन्य सहयोगको व्यवस्था गाउँपालिकाले गरेको छ । सातामा एक दिन कृषिबारे सैद्धान्तिक पढाइ हुने र अन्य दिनमा व्यावहारिक तथा प्रयोगात्मक कार्य गरिने छ । ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रममा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीको सहभागिता हुने कार्यक्रम लागू भएका विद्यालयले जनाएका छन् ।

यस कार्यक्रमलाई अभिभावकले सकारात्मकरूपमा लिएका छन् । जानकी गाउँपालिकाका कृष्ण धामीले छोरीलाई कृषि प्राविधिक पढाउने तयारी गरिरहेका छन् । “पालिकाले विद्यालयमै कृषि पढाउने भएछ, राम्रो सुरुआत हो । यो कार्यक्रम सबै विद्यालयमा लागू हुनुपर्छ”, धामीले भने, “यसले कृषियोग्य जमिन संरक्षण हुनुका साथै पढेलेखेका युवालाई कृषिमा रुचि जगाउँछ ।” file photo

 

वि.सं.२०७९ फागुन ५ शुक्रवार १६:४४ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...