काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई २४० वर्ष देशमा शासन गर्दा ‘देश कहाँ पुर्याउनु भयो ?’ भन्ने प्रश्न गरेका छन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले शाहलाई दुई–चारजना मान्छे आफुसँग पाएपछि पुरानै शैलीमा जोशिने गरेको टिप्पणी गरेका छन् ।
‘ज्ञानेन्द्र जी आफै अलमलमा हुनुहुन्छ । अझै पनि पुरानो झल्को उहाँलाई आइराख्छ । त्यो झल्काले २–४ जना मान्छे वरिपरी देख्यो भने त्यो झल्काले उहाँलाई जोस्याउँछ, ’अध्यक्ष ओलीले भने, ‘२४० भन्दा बढी उहाँहरुले चलाएको होइन, देशलाई कहाँ पुर्याउनु भएको थियो ? नेताले १५ वर्ष त चलाएको हो । उहाँसँग के सहकार्य गर्ने ?’
उनले दुर्गा प्रसाईलाई कारबाही किन गर्नु भएन भन्ने प्रश्नमा पानीले आफ्नो लेवल आफैले मिलाउँदै जाने भएकोले धेरै हतार गर्नु नपर्ने समेत प्रतिक्रिया दिएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र भन्छन्–राजनीतिक दलहरु र राजसंस्थाबीच सहकार्य गरौं
वि.सं.२०७९ फागुन ७ आइतवार १३:२५ मा प्रकाशित






























