back
CTIZAN AD

माधव नेपाल भन्छन्– एक साताभित्र सत्तारुढ गठबन्धनकाे भविष्य टुंगो लाग्छ

वि.सं.२०७९ फागुन ७ आइतवार

930 

shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् । कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

‘त्यो गठबन्धन पनि संकटमा परेको छ । कुन दिन त्यो गठबन्धन भत्किने हो ? ठेगान छैन,¹ उनले भने, ‘त्यो गठबन्धनको सरकार भत्केपछि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यहीँ हो । त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो । त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो ? राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ ।’

मुलुकमा सबै पद हातमा लिएर राजनीतिमा आफ्नो एकाधिकार चलाउने प्रवृत्ति हावी हुने कि राजनीतिक सन्तुलन मिलाएर अघि बढ्ने भन्ने कुराको टुंगो छिट्टै लाग्ने पनि नेपालको भनाइ थियो । अहिलेको सत्तारुढ गठबन्धनमा परस्पर विरोधी विचारका पार्टी संलग्न भएको उनको भनाइ थियो ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनलृ एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।

संविधान विरोधीदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ ।

वि.सं.२०७९ फागुन ७ आइतवार १५:२७ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...