Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रपतिमा ओलीले किन सारे माधव नेपालको नाम ?



काठमाडौं । राष्ट्रपति पदको लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा राजनीतिमा रोचक खेलहरु देखिन थालेका छन् । माओवादी केन्द्र पूर्वसहमतिबाट पछि हट्ने निर्णय गरेसँगै घटनाहरु आकंलन बाहिरबाट आउन थालेका हुन् । जसमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्ने सम्भावना देखिएको छ ।

एमाले उच्च स्रोतले बताएअनुसार वर्तमान गठबन्धन भत्काउने अवस्था देखिएसँगै नेपालको नाम अघि सार्ने तयारी गरिएको हो । माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाउने बचन दिएको विषय बाहिरिएको बेला नेपालको नाम अघि आएको हो । तथापी एमालेले औपचारिकरुपमा भने नेपालको नाम अघि सारेको छैन ।

एमालेका एक पदाधिकारीले बताएअनुसार विभिन्न विकल्पमध्ये नेपालको नाम पनि रहेको छ । तत्कालै गठबन्धन भत्किने र अर्को राजनीतिक अस्थिरता आउने सम्भावनाका बीच एमालेले नेपालको नाम विकल्पमा राखेको उनले बताए ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनदेखि नै ओली र नेपालबीच निकै तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ । पछिल्लो गठबन्धन निर्माणमा बेला पनि ओलीकै अनिइच्छाले एकीकृत समाजवादी सरकारमा समावेश हुन सकेको थिएन ।

एमाले उच्च स्रोतले बताएअनुसार हालै भएका गोप्य भेटवार्तापछि ओली र नेपालबीचको सम्बन्धमा सुधार आएको हो । जुन भेटवार्तापछि नै ओलीले नेपालको नाम विकल्पका रुपमा अघि सारेका हुन् ।

बताइएअनुसार ओलीले पार्टी एकता गर्नेगरी नै राष्ट्रपतिको प्रस्ताव राखेका छन् । नेपालको विषयमा ‘बाध्यकारी राष्ट्रिय सहमति’ हुने बुझाई ओलीको देखिन्छ । तर, नेपालको नाममा अन्य दलले कस्तो निर्णय गर्लान् त्यो भने हेर्न भने बाँकी नै छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम