Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

ओलीको प्रलोभनमा पर्लान् माधव नेपाल ?



काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनपूर्वदेखि नै एमालेभित्र केपी शर्मा ओली र माधवकुमार नेपालबीच निकै तिक्ततापूर्ण सम्बन्ध थियो । नेकपाको गठनसँगै दुईबीचको सम्बन्धमा थप तितोपन आएको थियो । माओवादी पक्षसँग मिलेर ओली र माधवले एक अर्कालाई सिध्याउने रणनीति तत्कालिन नेकपा हुँदाको अवस्थामा गरेका थिए ।

तत्कालिन नेकपाको विभाजन पनि नेताहरुको टकरावकै कारण भएको थियो । नेकपा विभाजनको बेला माधव प्रचण्ड पक्षमा थिए । तर, पछि निर्णायक विभाजनको अवस्थामा माधव एमालेतिरै फर्किए ।

एमालेमा सम्मानजनक अवस्था नरहेपछि माधव एकीकृत समाजवादी गठनको अवस्थामा पुगेका थिए । एमाले विभाजन गरी बेग्लै पार्टी गठन गरेसँगै ओली र माधवबीचको सम्बन्ध ‘पानी बाराबार’कै अवस्थामा थियो ।

ओलीले सार्वजनिकरुपमै माधव नेपालप्रति ‘नाम लिँदा मुख कुल्ला गर्नुपर्ने व्यक्ति’ भनेर घृणा पोखेका थिए । जसबाट स्पष्ट हुन्छ ओली र माधवबीचको सम्बन्ध ।

पुस १० को ‘बालकोट वार्ता’पछि बनेको गठबन्धन सरकारमा माधव सहभागि हुन चाहेका थिए । उनले यसबीचमा प्रचण्डसँग पटक–पटक वार्ता पनि गरे । तर, ओलीकै अनिइच्छाका कारण माधवको पार्टी सरकारमा सहभागि हुन सकेन ।

र, तित्ततापूर्ण सम्बन्धकै बीच माधवलाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । शनिबारको ‘महाराजगञ्ज वार्ता’मा ओलीले राष्ट्रपति बन्न माधवलाई प्रस्ताव गरेका हुन् ।

माधवलाई ओलीले गरेको प्रस्तावपछि राजनीतिमा बेग्लै खालको तरंग उत्पन्न भएको छ । राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’को विषयमा वकालत गरिरहेको माओवादी केन्द्र के गर्ने अलमलमा छ भने माओवादीकै अलमलका कारण कांग्रेस पनि के गर्ने अन्योलमा देखिएको छ ।

तर, सोचनीय विषय ओलीले राष्ट्रपतिमा माधवको नाम किन प्रस्ताव गरे ? के ओलीको नियत सफा हो ? छोटो अन्तरालमा भएका घटनालाई हेर्दा स्पष्ट हुन सकिन्छ, माधवप्रति ओलीको नियत सफा देखिन्न । बरु एकीकृत समाजवादीका असन्तुष्ट समूहलाई यही मेसोमा एमालेमा समेट्ने दाउ ओलीको देखिन्छ ।

ओलीको प्रस्ताव माओवादी र कांग्रेसलाई अल्मल्याउने कोणबाट पनि आएको छ । माधवको नाम प्रस्ताव गरेर माओवादी र कांग्रेस मिल्न नदिने बरु माओवादी र कांग्रेस इतरको गठबन्धन बनाउने रणनीति पनि ओलीको देखिन्छ । एमालेकै कतिपय नेताहरुले पनि माधवलाई कुनै हालतमा राष्ट्रपति बनाउन नहुने बताइरहेका छन् ।

राष्ट्रपतिको विषयमा माओवादीको निर्णयसँगै परिस्थिति ओली प्रतिकुलमा गएको थियो । एमालेलाई पाखा राखेर सत्ता गठबन्धन बन्ने अवस्था देखिएसँगै ओलीले पछिल्लो कदम चालेकोमा दुविधा छैन । तर, अन्तिम अवस्थामा उम्मेदवारको रुपमा माधवको नाम आउँछ आउँदैन पनि टुंगो देखिन्न ।

यसअघि पनि पटक–पटक धोका खाएका माधवलाई ओलीले फेरि झुक्याउने टिप्पणी एसकै कतिपय नेताहरुले गरेका छन् । एसका एक पदाधिकारी तत्काल ओलीलाई विश्वास गर्नेभन्दा कांग्रेस र माओवादीबीच छलफल गरेर निकास खोज्नु उपयुक्त हुने बताउँछन् । किनकी फेरि पनि ओलीको कदम सबैलाई अप्ठ्यारोमा पार्ने खालको हुनसक्ने बुझाई उनको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम