back
CTIZAN AD

पेचिलो बन्दै राष्ट्रपति निर्वाचन, कांग्रेससहितको पुरानो गठबन्धनको बैठक बस्दै

वि.सं.२०७९ फागुन ११ बिहीवार

876 

shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिक बन्दै जाँदा दलहरुबीच राष्ट्रपतिको उम्मेदवार कस्लाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

राष्ट्रपति पदकै लागि सत्ता पक्ष र विपक्षी दलहरुबीच वार्ता र संवाद चलिरहेको अवस्थामा चुनाव अघिको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धन ब्युँताउने कसरतमा दलहरु लागेको स्रोत बताउँछ ।

स्रोतका अनुसार पुरानो पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्न दुईदिनमात्र बाँकी रहेको अवस्थामा सत्तापक्ष र विपक्षी दलहरु राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने र कस्ले कस्लाई समर्थन गर्ने भन्ने विषयमा छलफलमा जुटिरहेका छन् ।

निर्वाचन आयोगको तालिका अनुसार शनिबार राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनय दर्ता गराउने समय दुईदिन मात्रै बाँकी रहँदा दलहरुहरुलाई राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन हम्मे हम्मे परिरहेको छ ।

गत पुष १० गते नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला दल भन्दा बाहिर वा दलभित्रकै भएपनि सबै दललाई मान्य हुने राष्ट्रिय सहमतिको व्यक्ति राष्ट्रपति हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

माघ २६ गते नेपाली कांग्रेसहित दुई तिहाइ बहुमत पाएर प्रधानमन्त्री बनेका प्रचण्डले सरकारमा कांग्रेसलाई पनि मिलाएर लैजाने रणनीतिमा रहेका छन् । यद्यपी पुष १० गतेको सहमति अनुसार आफुले राष्ट्रपति पाउने दावी एमालेले गर्दै आएको छ ।

एमालेले अन्तिम अवस्थामा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम राष्ट्रपतिमा अघि सारे पनि त्यो औपचारिक रुपमा बाहिर आएको छैन । सोहि विषयमा छलफल गर्न बिहीबार दिउँसो सिंहदरबास्थित माओवादी संसदीय दलको कार्यालयमा प्रधामन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच झण्डै डेढघण्टा छलफल भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले पनि आफुले समर्थन गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दावी गर्दै आएको छ । यद्यपी नेपाली कांग्रेसले राष्ट्रपति पद आफुले लिएर प्रचण्डलाई पाँचैवर्ष प्रधानमन्त्री बनाउन सकिने धारणा समेत सार्वजनिक गसिकेको छ । त्यसका लागि पार्टी सभापति शेबहादुर देउवाले प्रचण्डसँग भेटेर राष्ट्रपतिमा आफुलाई समर्थन गर्न आग्रह समेत गर्दै आएका छन् ।

वि.सं.२०७९ फागुन ११ बिहीवार १६:२० मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...