back
CTIZAN AD

राप्रपाले लियो कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

वि.सं.२०७९ फागुन १८ बिहीवार

1.1K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रमा सत्ता समिकरणको फेरबदल भएसँगै राप्रपाले माओवादी केन्द्रका नेता राजकुमार शर्माको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

राप्रपाकी कर्णाली प्रदेश सभाकी सदस्य सन्तोषि साहीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकी छन् ।

‘मुलुककको पछिल्लो राजनीतिक घटनाक्रम, बारम्बार सत्ता समिकरणका गलत अभ्यासले जनतामा वितृष्णा पैदा हुन गएको छ । अहिलेको बिग्रदो आर्थिक अवस्थालाई सुधार गरी विकास र सुशासनमा केन्द्रीत हुनुको साटो झन् राजनीतिक अस्थिरता निम्त्याउने खेलमा सहभागी हुनु दुःखद कुरा हो ।’ पत्रमा भनिएको छ ।

शुभेच्छुकहरुको ठूलो असहमतिकाबीच आफुहरुले सरकारलाई समर्थन दिएर वा सरकारमा सहभागी भएर राष्ट्रियताको संरक्षण, विकास र सुशासनको पक्षमा मुलुकको प्रगति होस् भन्ने चाहेको तर सत्ता नेतृत्वकर्ता दलका साथै अन्य दलहरु आपसी सत्ता स्वार्थमा रुमल्लिँदा सत्तामा बसिरहन उपयुक्त नभएको बताइएको छ ।

‘राप्रपा यस्तो सत्ता स्वार्थमा सामेल नभई प्रतिपक्षबाटै मुलुक र जनताको हितको पक्षमा काम गर्ने संकल्प गर्दै पार्टीको केन्द्रीय निर्देशन अनुरुप प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं ।’ कर्णाली प्रदेश प्रमुख तिलक परियारसामु प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्रमा भनिएको छ ।

वि.सं.२०७९ फागुन १८ बिहीवार १४:०७ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...