back
CTIZAN AD

भोली हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

वि.सं.२०७९ फागुन २४ बुधवार

870 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए ।
“भोलि हुने राष्ट्रपतिको निर्वाचनको सन्दर्भलाई लिएर केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा झन्डै चार घन्टा छलफल भयो । बैठकले निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यकर्ता, सुभेच्छुक एवं जनताको भावनाबमोजिम पार्टीले निर्णय लिएको हो ।”

प्रवक्ता श्रेष्ठले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको भोट निर्णायक पनि नभएकाले तटस्थ बस्ने निर्णय लिएको उल्लेख गरे ।

भोलि हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । राष्ट्रपति निर्वाचनको मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको छ ।

 

वि.सं.२०७९ फागुन २४ बुधवार २०:०३ मा प्रकाशित

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...