back
CTIZAN AD

मकवानपुरमा मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

वि.सं.२०७९ फागुन २४ बुधवार

960 

shares

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान ११ः०५ बजेको समयमा हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा र मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी लामाको चितवनको पुरानो मेडिकल कजेल भरतपुरमा उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक भोम्जनलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटर पछाडी सवार बागमती–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छन् ।

घाइतेमध्ये घलानको हेटौँडा अस्पताल र मगरको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ । उक्त घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । रासस

 

वि.सं.२०७९ फागुन २४ बुधवार २०:११ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...