काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी नतिर्नेहरुको नामावलीसहित ३५ दिने सूचना जारी गरेको छ ।
कार्यालयले सरकारी बाँकी रकम ३५ दिनभित्र व्याजसहित तिर्न आउन भन्दै ऋणिको तीनपुस्ते विवरणसहित नामावली सार्वजनिक गरेको हो ।
सूचना अनुसार रकम नतिर्नेहरुमा सरकारी कर्मचारी, प्रहरी ठेकेदार लगायतका रहेका छन् । कार्यालयले ३५ दिनभित्र उक्त रकम नतिरेमा थप कारबाही अगाडि बढाउने र त्यसबाट हुने क्षतिको व्यक्ति स्वयम् जिम्मेवार हुने बताइएको छ ।

.
वि.सं.२०७९ फागुन २९ सोमवार ११:३८ मा प्रकाशित






























