back
CTIZAN AD

कर्जा लिँदै हुनुहुन्छ ? कुन बैंकको ब्याजदर कति ?

वि.सं.२०७९ फागुन २९ सोमवार

1.1K 

shares

काठमाडौं । तपाईँ कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने तपाईँलाई कर्जाको आवश्यकता पर्दछ । कर्जा लिनको लागि तपाईँ  बैंकमा जानुपर्ने हुन्छ । त्यो भन्दा पहिला तपाईंले बैंकको ब्याजदर थाहा पाउनुपर्ने हुन्छ ।

हाल नेपालमा २१ वटा वाणिज्य बैंकहरु सन्चालनमा रहेका छन् । ति बैंकहरुमध्ये कून बैंकको ब्याजदर कति छ भन्ने कुरा यहाँहरु समक्ष पस्कने जमर्को गरेका छौं ।

ब्याजदर कसरी तय हुन्छ ?

समान्यतयाः ब्याजदर बैंकले सार्वजनिक गर्ने आधारदरको आधारमा तय गरिन्छ । कर्जाको ब्याजदर निर्धारण गर्ने आधारदर चाहिँ बैंकले गरेको आम्दानीमा कोषको खर्च (निक्षेपमा प्रदान गरिएको ब्याज), सन्चालन लागत, वैधानिक तरलता अनुपातको लागत र नगद रिजर्भ अनुपातको लागतलाई घटाएपछि निस्कन्छ । त्यही आधारदरमा कम्तिमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकहरुले कर्जाको ब्याजदर तय गर्दछन् ।

कुन बैंकबाट कर्जा लिँदा सस्तो पर्छ ?

बैंकहरुले पछिल्लोपटक सार्वजनिक गरेको आधारदरलाई आधार मान्दा तुलनात्मक रुपमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, स्टयाण्डर्ड चार्टर्ड, एभरेष्ट बैंकबाट कर्जा लिँदा सबैभन्दा सस्तो पर्ने देखिन्छ । यी बैंकहरुको आधार दर ९ र १० प्रतिशतका बिचमा रहेको छ । यी बैंकहरुबाट कर्जा लिँदा न्यूनतम १२ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याज लाग्ने देखिन्छ ।

नेपाल बैंक ९.९० %

राष्ट्रिय वाणिज्य बैंक ९.२९ %

स्ट्याण्डर्ड चार्टर्ड ९.६७ %

एभरेष्ट ९.९७ %

मध्यम स्तरका ब्याजदर भएका बैंकहरु ८ वटा छन् । तिनीहरुको आधार दर १० र ११ प्रतिशतका बिचमा रहेको छ ।

नबिल बैंक १०.१० %

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १०.५० %

एनएमबि बैंक १०.६८ %

सिद्धार्थ बैंक १०.७१ %

नेपाल एसबिआइ बैंक १०.७५ %

ग्लोबल आइएमई बैंक १०.८० %

हिमालयन बैंक १०.८६ %

सानिमा बैंक १०.८६ %

महँगो ब्याजदर भएका बैंकहरु नौं वटा रहेका छन् । ती बैंकहरुको आधारदर ११ र १२ प्रतिशतका बिच रहेको छ ।

एनआइसि एसिया बैंक ११.०२ %

कृषि विकास बैंक ११.०६ %

लक्ष्मी बैंक ११.१३ %

प्रभु बैंक ११.१४ %

माछपुच्छ्रे बैंक ११.२३ %

प्राइम बैंक ११.३४ %

कुमारी बैंक ११.३८ %

सिटीजन बैंक ११ं३९ %

सनराइज बैंक ११.६२ %

वि.सं.२०७९ फागुन २९ सोमवार १४:३२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...