back
CTIZAN AD

गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउनका लागि गणित पार्कको सुरु

वि.सं.२०७९ फागुन ३० मंगलवार

729 

shares

काठमाडौँ । विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ ।

गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क सुरुवात गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको उक्त पार्क आज पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्रचार्यले पार्कको उद्घाटन गरिन् ।

पार्कमा विद्यार्थीहरुले गणित प्रयोग गरी रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न यो पार्कको भूमिका रहने अपेक्षा गरिएको छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले आफै पार्कमा गणितका नयाँ कुरा सिक्न सक्ने र यसले कक्षा कोठाको सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सचिव बज्राचार्यले नेपालमा पहिलो स्थापना भएको गणित पार्कले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणितप्रति विद्यार्थीको आर्कषण कम हुने गरेको बताउँदै गणित पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताइन् ।

उनिले मन्त्रालयले हाल ‘स्टीम’ शिक्षाका सामग्री तयार पार्ने गरिरहेको र पूरा भएपछि विद्यालयलाई वितरण गर्ने तथा शिक्षकलाई पनि तालिम दिने बताइन् ।

नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा पनि हुन आवश्यक रहेको बताइन् ।

अङ्ग्रेजी जानीनजानी बोल्ने गरिए पनि गणितको सिकाइ सोअनुसार नहुने भन्ने विषय महत्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टीम विभागका प्रमुख विनोद पन्तले बताए ।

विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभाग
का कारण पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् ।

 

वि.सं.२०७९ फागुन ३० मंगलवार १६:४३ मा प्रकाशित

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...