काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित क्रिकेटमा मैदानमा पुगेका छन् ।
विश्वकप लिग २ अन्तर्गत आज युएईसँग हुने अन्तिम खेलमा सहभागी नेपाली खेलाडीलाई हौसला तथा शुभकामना दिन प्रधानमन्त्री प्रचण्ड खेल मैदानमै पुगेका हुन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड मैदानमा पुगेका हुन् ।
वि.सं.२०७९ चैत २ बिहीवार ०९:५२ मा प्रकाशित






























