back
CTIZAN AD

मोर्चा बनाएर बलियो शक्ति बन्ने कसरतमा प्रचण्ड

वि.सं.२०७९ चैत २ बिहीवार

756 

shares

काठमाडौं । सत्ताको नेतृत्व गरेपनि आधारको हिसाबले पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर अवस्थामा छन् । उनी आवद्ध माओवादी केन्द्र संसदमा तेस्रो शक्ति त हो तर, अंकगणितका हिसाबले कमजोर अवस्थामा छ । यस्तोेमा प्रचण्डले मोर्चा बनाएर बलियो शक्ति निर्माणको प्रयास गरेका छन् ।

प्रचण्डले सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका बीच मोर्चाबन्दीको तयारी गरेका छन् । भविष्यमा पार्टी एकतासमेत गर्न सकिने सम्भावनाका बीच प्रचण्डले मोर्चाबन्दीको प्रयास गरेका हुन् ।

यदि तीन दलबीच मोर्चाबन्दी भएमा बलियो तेस्रो शक्ति बन्नेछ । यस्तोमा यो शक्तिलाई बाहिर राखेर सरकार बनाउने अवस्थासमेत आउने छैन ।

संसदमा माओवादी केन्द्रका ३२, नेकपा एसका १०, जसपाका १२ र राष्ट्रिय जनमोर्चाको एक सांसद छन् । यी चार दलबीच मोर्चा बनेमा जुन मोर्चाको पक्षमा ५५ सिट पुग्नेछ ।

सँगै प्रचण्डले प्रभु शाहसहित केही स्वतन्त्र सांसदलाई पनि उक्त मोर्चामा भित्र्याउने प्रर्यत्न गरेका छन् । यदि त्यो अवस्था सफल भएमा मोर्चाभित्र करिब ६० हाराहारीको संख्यामा सांसद हुनेछन् ।

संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ८९ र अर्को ठूलो दल एमालेसँग ७८ सांसद छन् । यस्तोमा तेस्रो मोर्चा बनेमा सरकार निर्माणका खेलमा बलियो उपस्थिति रहनेछ ।

वि.सं.२०७९ चैत २ बिहीवार १३:४२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...