Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

मोर्चा बनाएर बलियो शक्ति बन्ने कसरतमा प्रचण्ड



काठमाडौं । सत्ताको नेतृत्व गरेपनि आधारको हिसाबले पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर अवस्थामा छन् । उनी आवद्ध माओवादी केन्द्र संसदमा तेस्रो शक्ति त हो तर, अंकगणितका हिसाबले कमजोर अवस्थामा छ । यस्तोेमा प्रचण्डले मोर्चा बनाएर बलियो शक्ति निर्माणको प्रयास गरेका छन् ।

प्रचण्डले सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका बीच मोर्चाबन्दीको तयारी गरेका छन् । भविष्यमा पार्टी एकतासमेत गर्न सकिने सम्भावनाका बीच प्रचण्डले मोर्चाबन्दीको प्रयास गरेका हुन् ।

यदि तीन दलबीच मोर्चाबन्दी भएमा बलियो तेस्रो शक्ति बन्नेछ । यस्तोमा यो शक्तिलाई बाहिर राखेर सरकार बनाउने अवस्थासमेत आउने छैन ।

संसदमा माओवादी केन्द्रका ३२, नेकपा एसका १०, जसपाका १२ र राष्ट्रिय जनमोर्चाको एक सांसद छन् । यी चार दलबीच मोर्चा बनेमा जुन मोर्चाको पक्षमा ५५ सिट पुग्नेछ ।

सँगै प्रचण्डले प्रभु शाहसहित केही स्वतन्त्र सांसदलाई पनि उक्त मोर्चामा भित्र्याउने प्रर्यत्न गरेका छन् । यदि त्यो अवस्था सफल भएमा मोर्चाभित्र करिब ६० हाराहारीको संख्यामा सांसद हुनेछन् ।

संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ८९ र अर्को ठूलो दल एमालेसँग ७८ सांसद छन् । यस्तोमा तेस्रो मोर्चा बनेमा सरकार निर्माणका खेलमा बलियो उपस्थिति रहनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम