back
CTIZAN AD

नेपाल टेलिकमको पोस्टपेड अफर : ६३६ रुपैयाँमा अनलिमिटेड कल र डाटा

वि.सं.२०७९ चैत ३ शुक्रवार

1.3K 

shares

काठमाडाैं ।  नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ ।

यस अफरअन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा एक महिना अथवा तीस दिनसम्मका लागि नेपाल टेलिकमको नेटर्वकमा हरेक दिन अनलिमिटेड कल गर्न पाउनेछन् ।

यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको कल अवधि पाउनेछन् । यस अफरमा अन नेट एक सय पचासवटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस्तै यो प्याक अन्तर्गत प्रयोगकर्ताले हरेक दिन तीन सय एमबी डाटासमेत प्रयोग गर्न सक्नेछन्, यो डाटा सकिएमा ६४ केवीपीएस गतिको इन्टरनेट चलाउन पाइने नेपाल टेलिकमले जनाएको छ ।

वि.सं.२०७९ चैत ३ शुक्रवार १७:१९ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...