Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

को हुन् उपराष्ट्रपति पदमा निर्वाचित यादव ?



काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिको रुपमा जनता समाजवादी पार्टीबाट उम्मेदवार रहेका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

बानेश्वरस्थित संसद भवनमा शुक्रबार सम्पन्न निर्वाचनमा १० दलीय गठबन्धनका साझा उम्मेदवार रहेका यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मत प्राप्त गरेर विजयी हुँदा उनका मुख्य प्रतिश्प्रर्धी रहेकी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ प्राप्त गरेकी थिइन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

को हुन् उपराष्ट्रपति यादव ?
बाराको सिम्रौनगढ नगरपालिका ९ बसवरियाका यादवको जन्म २०२७ साउन ९ गते कलैया उपमहानगरपालिका २६, सिसवा महेशपुरमा भएको थियो ।

बीएस्सी, बीएडसम्मको शिक्षा प्राप्त गरेका यादव पेशाले शिक्षक हुन् । भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

उनको राजनीतिक यात्रा २०४६ बाट तत्कालीन नेपाल सद्भावना पार्टीबाट सुरु भएको थियो । उनी तत्कालीन समयमा मधेशी जनाधिकार फोरमको संस्थापक रही महासचिवको रुपमा समेत काम गरेका थिए ।

२०६४ मा फोरमबाटै संविधानसभा सदस्य रहेका यादव २०७४ मा सोहि क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा राज्यपुनर्सरचना राज्य शक्ति बाँडफाँड संबैधानिक सदस्य समेत रहेर जिम्मेवारी सम्हालिसकेका छन् । यादव २०७८ मा वन तथा वातावरण मन्त्री समेत बनेका थिए ।

यादवका श्रीमती, २ छोरा र १ छोरी रहेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव गत मंसीरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी जसपाको संसदीय दलका नेता समेत रहेका थिए ।

उपराष्ट्रपति पदमा रामसहाय यादव विजयी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम