back
CTIZAN AD

को हुन् उपराष्ट्रपति पदमा निर्वाचित यादव ?

वि.सं.२०७९ चैत ३ शुक्रवार

951 

shares

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिको रुपमा जनता समाजवादी पार्टीबाट उम्मेदवार रहेका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

बानेश्वरस्थित संसद भवनमा शुक्रबार सम्पन्न निर्वाचनमा १० दलीय गठबन्धनका साझा उम्मेदवार रहेका यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मत प्राप्त गरेर विजयी हुँदा उनका मुख्य प्रतिश्प्रर्धी रहेकी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ प्राप्त गरेकी थिइन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

को हुन् उपराष्ट्रपति यादव ?
बाराको सिम्रौनगढ नगरपालिका ९ बसवरियाका यादवको जन्म २०२७ साउन ९ गते कलैया उपमहानगरपालिका २६, सिसवा महेशपुरमा भएको थियो ।

बीएस्सी, बीएडसम्मको शिक्षा प्राप्त गरेका यादव पेशाले शिक्षक हुन् । भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

उनको राजनीतिक यात्रा २०४६ बाट तत्कालीन नेपाल सद्भावना पार्टीबाट सुरु भएको थियो । उनी तत्कालीन समयमा मधेशी जनाधिकार फोरमको संस्थापक रही महासचिवको रुपमा समेत काम गरेका थिए ।

२०६४ मा फोरमबाटै संविधानसभा सदस्य रहेका यादव २०७४ मा सोहि क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा राज्यपुनर्सरचना राज्य शक्ति बाँडफाँड संबैधानिक सदस्य समेत रहेर जिम्मेवारी सम्हालिसकेका छन् । यादव २०७८ मा वन तथा वातावरण मन्त्री समेत बनेका थिए ।

यादवका श्रीमती, २ छोरा र १ छोरी रहेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव गत मंसीरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी जसपाको संसदीय दलका नेता समेत रहेका थिए ।

उपराष्ट्रपति पदमा रामसहाय यादव विजयी

वि.सं.२०७९ चैत ३ शुक्रवार १७:१६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...