back
CTIZAN AD

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन तथा निर्देशन

वि.सं.२०७९ चैत ३ शुक्रवार

732 

shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भैँसेपाटी आवास क्षेत्र, बालाजु–बाइपास र जोरपाटी–मूलपानी सडकखण्डको अवलोकन गरेका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीको ढिलासुस्ती र स्थानीय जनताको विरोधका कारण काठमाडौँ उपत्यकास्थित केही सडकखण्डको काम समयमा सम्पन्न हुन नसकेको भन्ने गुनासो आएपछि ती सडकखण्डको स्थलगत अवलोकन गरी सरोकारवाला पक्षलाई यसअघि निर्देशन दिएको स्मरण गर्दै यसबीचमा भएको कार्यसम्पादन प्रगतिका विषयमा जानकारी लिन अवलोकन भ्रमणमा आएको स्पष्ट गरे ।

उनले नेपाल खानेपानी संस्थान तथा विद्युत् प्राधिकरणको मर्मतसम्भारसम्बन्धी काम, मुद्दा मामिला र स्थानीय जनताको अवरोधका कारण तोकिएको समयमा गुणस्तरीय सडक निर्माण हुन नसकेको भन्ने सन्दर्भमा सम्बन्धित सरकारी निकायसँग छुट्टाछुट्टै छलफल गरीे जनचाहनाबमोजिम यथाशक्य छिटो सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय जनताले सडक निर्माणसँग सम्बन्धित पक्षसँग समन्वय गरी छिटोभन्दा छिटो सडक निर्माण गरिदिन उपप्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । स्थलगत अवलोकनमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सङ्घीय सडक सुपरिवेक्षण प्रमुख अर्जुन अर्याल तथा काठमाडौँ र ललितपुर जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख सहभागी थिए ।

वि.सं.२०७९ चैत ३ शुक्रवार १७:४९ मा प्रकाशित

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...