back
CTIZAN AD

बारा–२ को चुनावी चर्चा : उपेन्द्रले चिर्लान् जनमतको प्रभाव ?

वि.सं.२०७९ चैत ९ बिहीवार

795 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै प्रतिनिधिसभातर्फ बारा निर्वाचन क्षेत्र नम्बर २ रित्त छ । जहाँ निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी थालेको छ ।

रामसहायप्रसादलाई उपराष्ट्रपति बनाएपछि जसपा अध्यक्ष उपेन्द्र यादव नै उक्त क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । रामसहायप्रसादलाई उपराष्ट्रपति बनाउने प्रस्ताव पनि यादवले योजनाबद्ध रुपमै गरेको देखिन्छ । जसपा प्रवक्ता मनीष सुमनले बताएअनुसार अध्यक्ष यादव उम्मेदवार बन्ने सम्भावना छ । तथापी, जसपाले आधिकारिक निर्णय भने लिइसकेको छैन ।

जसपा अध्यक्ष यादव उम्मेदवार बन्ने तयारी गरिरहेको बेला बारा–२ मा चुनावी माहोल तात्न सुरु भइसकेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले उक्त निर्वाचन क्षेत्रमा चुनावी अभियान सुरु गरिसकेको छ । जनमतका अध्यक्ष राउतले महागढीमाईको दर्शन गर्दै ‘मिशन बारा–२’को शुभारम्भ गरेका छन् ।

उनले जसपा अध्यक्षतर्फ लक्षित गर्दै सप्तरीमा जस्तै हराइदिने पनि बताएका छन् । “कुनै पनि फिरङ्गी उम्मेदवारलाई बारा २ मा प्रवेश गर्न दिइन्न”, राउतले भनेका छन्, “सप्तरीमा जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनुपर्छ ।” चुनावी अभियान सुरु गरेको जनमतले उम्मेदवारबारे भने निर्णय लिइसकेको छैन ।

सत्ता गठबन्धनले नसघाए उपेन्द्रलाई हुनेछ सकस

तराई मधेशमा जनमत पार्टीको अनौठो प्रभाव बढ्दै गएको देखिन्छ । गत निर्वाचनलाई हेर्दा पनि तराई मधेशमा जसपाको मुख्य प्रतिस्पर्धी नै जनमत पार्टी बनेको छ । मंसिर भएको निर्वाचनमा सप्तरी २ मा एमालेको साथ पाएका उपेन्द्रलाई सिके राउतले दोब्बर बढी मतान्तरले हराएका थिए ।

उपनिर्वाचन हुन लागेको बारा २ जसपाको प्रभाव क्षेत्र हो । तथापी बारा २ मा पनि जसपा एक्लैले चुनाव जितेको भने होइन । बारा २ मा पनि एमाले–जसपा र कांग्रेस–माओवादी गठबन्धनबीच नै प्रतिस्पर्धा भएको थियो । जहाँ रामसहायप्रसादले झिनो मतान्तरले माओवादीका उम्मेदवारलाई हराएका थिए ।

मंसिर ४ मा भएको निर्वाचनमा तत्कालीन कांग्रेस, माओवादीसहित तत्कालीन पाँचदलीय गठबन्धनले जम्मा १३ हजार ४६८ मत पाएको छ । एमालेको समर्थन पाएको जसापाका उम्मेदवारले १३ हजार ८२२ मत पाएको छ । जसपाको उम्मेदवारको मतान्तर जम्मा ३५४ देखिन्छ ।

मंसिरमा भएको निर्वाचनको परिणामलाई हेर्दा बारा २ मा जनमतको प्रभाव त्यति देखिन्न । मंसिरमा भएकाे निर्वाचनमा जनमतका उम्मेदवार  राजेश साहले जम्मा २ हजार ७२५ मत पाएका थिए । तर, पछिल्लो समय त्यहाँ थुप्रै स्वतन्त्र उम्मेदवारहरु जनमत पार्टी प्रवेश गरेका छन् । एकातिर ठूलो संख्यामा जनमतमा प्रवेश गर्नु र उपनिर्वाचनको घोषणासँगै जनमतले आक्रामक चुनावी अभियान थाल्नुले पनि जनमतकाे पक्षमा बलियाे माहाेल बन्दै गएकाे देखिन्छ ।

जसपा अध्यक्ष यादवले हालको सत्ता साझेदारको सहयोगमा उक्त क्षेत्रमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । यस्तोमा गठबन्धनले सहयोग नगरे उनले कडा प्रतिस्पर्धाको सामना गर्ने निश्चित छ ।

वि.सं.२०७९ चैत ९ बिहीवार १३:०४ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...