back
CTIZAN AD

नयाँ वर्षमा सामसङ्गका दुई मोबाइल आउँदै : के छन् विशेषता ?

वि.सं.२०७९ चैत ९ बिहीवार

774 

shares

काठमाडौं । नयाँ वर्षमा सामसङ्गले नयाँ मोडेलका मोवाइल फोनहरु भित्र्याउने भएको छ । सामसङ्गले ग्यालेक्सी ए ३४ फाइज जी र ग्यालेक्सी ए ५४ फाइज जी मोडेलका फोनहरु नयाँ वर्षको अवसरमा नेपाली बजारमा भित्र्याउन लागेको हो ।

सामसङ्गले आफ्ना नयाँ मोडेलका फोनहरु विश्वभर बिक्री शुभारम्भ गरिरहँदा नेपाली बजारमा कहिले आउँछ भन्ने प्रतिक्षा ग्राहक वर्गमा थियो । जुन प्रतिक्षालाई सामसङ्गले छिट्टै सम्बोधन गर्न लागेको हो ।

नयाँ मोबाइमा के–के छन् विशेषता ?

नयाँ मोडलका ती फोनहरुमा तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरुरहेका छन् । यसकारण पनि जोकोहीको ध्यान–आकर्षित भएको पाइएको छ । दुवै स्मार्टफोनहरु प्रारम्भिक लेन्सका र केही अपग्रेडका साथ आएका छन् ।

ग्यालेक्सी ए३४ ५जि ४८ एमपि प्राइमेरी क्यामरा र २ एमपि म्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ ५जिमा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्ट्रा वाइड एङ्गल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेखित नाइटोग्राफी विशेषता, कम ब्लर भएको रात्रीकालीन फोटो÷भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउन सकिन्छ ।

त्यस्तै दुवै ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरु उनीहरुको रोजाईंमा ढुक्क हुनसक्ने कमपनीको दावीछ । यसका अलवा यी फोनहरु अतुलनीयरुपमा बलिया पनि छन । यसमा पानी र धुलो प्रतिरोधक आइपि६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटीको साथ रहेको छ । जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छ ।

ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् ।

सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसंग मिल्दोजुल्दो रहेको छ, जुन यसको सबैभन्दा ठूलो अपिल मध्येको एक हो ।

प्रयोकर्ताले मध्यम खालको मुल्यमा सामसङ्गको मुख्य बनावट पाईरहेको सामसङ्गको दावी छ । उसले ए–सिरिजको श्रृँखलामा यी नवीनतम संस्करणहरुद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको बताइएको छ । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिले यसका प्रयोगकर्ताहरुको जिन्दगीमा साँचो अनुपम अनुभूति ल्याइदिनेछ र यी तयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुन ।

 

वि.सं.२०७९ चैत ९ बिहीवार १३:२३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...