back
CTIZAN AD

सबै प्रदेशमा एमाले प्रतिपक्षी बन्दै, लुम्बिनीबाट सुरु भयो ढाल्ने प्रक्रिया

वि.सं.२०७९ चैत ९ बिहीवार

798 

shares

भैरहवा । केन्द्रमा प्रतिपक्षी बनेको एमाले सबै प्रदेश तहमा पनि प्रतिपक्षी बन्ने भएको छ । १० दलीय गठबन्धन बनेसँगै एमाले नेतृत्वका प्रदेश सरकार अल्पमतमा छन् । केन्द्रको गठबन्धनभित्र क्रमशः सबै प्रदेश तहमा समर्थन फिर्ता लिँदै सरकार ढाल्ने सहमति बनेको छ ।

जसअनुसार माओवादी केन्द्रले सबै प्रदेश तहमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा स्वतः एमाले नेतृत्वको सरकार ढल्ने अवस्था बन्छ ।

बिहीबार माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनीमा केन्द्रको गठबन्धनले नै नयाँ सरकार बनाउने विषयमा मोटामोटी सहमति गरिसकेको छ ।

बताइएअनुसार कांग्रेस र माओवादी केन्द्रबीच आधा/आधा कार्यकाल सरकार चलाउने गरी सहमति बनेको छ । तर, कुनले पहिला नेतृत्व गर्ने भन्ने स्पष्ट छैन ।

लुम्बिनीमा मुख्यमन्त्री लीला गिरी माओवादीसहित तत्कालिन सत्ता गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा उनलाई सरकार जोगाउन ४४ सांसदहरूको समर्थन चाहिन्छ । तर, प्रदेशमा एमालेसँग मात्रै २९ सांसद छन् ।

प्रदेशमा ११ सांसदसहित तेस्रो पोजिसनमा रहेको माओवादी केन्द्र अंकगणितका हिसाबले निर्णायक अवस्थामा छ । माओवादीले जसलाई सहयोग गरे उसैको सरकार बन्ने अवस्था छ ।

प्रदेशमा कांग्रेससँग २७ सांसद छन् । यदि माओवादीले सहयोग गरे कांग्रेससहितको सरकार सहजै बन्ने अवस्था हुन्छ ।

कोशी र गण्डकीमा पनि उस्तै

एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारको अवस्था पनि त्यस्तै छ । माओवादीले हात झिक्दा सबैतिर सरकार ढल्ने अवस्था हुन्छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४० सांसद छन् । जहाँ बहुमतका थप ७ सांसद चाहिन्छ । १३ सांसद भएको माओवादीले समर्थन फिर्ता लिँदा एमालेको सरकार सहजै ढल्ने अवस्था बन्छ ।

जहाँ कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्दा ठिक्क बहुमत पुग्छ ।

यता, गण्डकी प्रदेशको अवस्थामा पनि त्यस्तै छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । तर, एमालेसँग एकल २१ मात्रै सांसद छन् । एमाले नजिक रहेको राप्रपासँग २ जना मात्रै सांसद छन् ।

यहाँ कांग्रेस २७, माओवादी केन्द्र ७ (सभामुखबाहेक) र एकीकृत समाजवादी १ गरी ३५ सांसद पुग्नेछन् । जुन सरकार गठनका लागि पर्याप्त छ ।

वि.सं.२०७९ चैत ९ बिहीवार १७:५८ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...