back
CTIZAN AD

बसन्त र अस्मिताको स्वरमा ’साइकलमा’ सार्वजनिक (भिडियोसहित)

वि.सं.२०७९ चैत ९ बिहीवार

888 

shares

साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार बसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजकिन गरिएको हो ।

भरतपुर – २० स्थायी घर भइ लामो समय देखी जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको शब्दमा गायक बसन्त थापा र गायिका अस्मिता अधिकारीले स्वर भरेका छन् भने सङ्गीत संयोजन तथा लय समेत बसन्त थापाकै रहेको छ । म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको प्रखर अभिनय देख्न सकिन्छ ।

पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भ¥याङ्ग, कुलो, इनारजस्ता बिम्बहरुलाई उनले गाउँले प्रेमसँग जोडेका छन् । गीतको म्युजिक भिडियोमा समेत सोही भावलाई उतार्न कोरियोग्राफ तथा निर्देशक मौसम हिमाली सफल देखिएका छन् । अत्यन्त सफल छायाकार राजेश घिमिरेले क्यामरामा जादु चलाउदा सम्पादनमा बिकास ज्ञवाली जमेका छन् ।

गीतका रहेको शब्द संयोजन तथा शब्दको भावनजिक रहेर गरिएको भिडियो संयोजन स्रोतालाई आफ्नो किशोर तथा युवाकालको रुमानी सम्झनामा पुर्याउन गीत सक्षम देखिन्छ ।

गीतको लिङ्क यस प्रकार छ !

वि.सं.२०७९ चैत ९ बिहीवार १७:४२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...