back
CTIZAN AD

समाजसेवी लामिछानेको आत्महत्याले उब्जाएको प्रश्न

वि.सं.२०७९ चैत ९ बिहीवार

1K 

shares

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर युरोप, अष्ट्रेलिया, क्यानडा, अफ्रिकी देश र खाडी देशहरु तथा नेपालमा पनि उनीसँग नजिक रहेर सामाजिक काममा संलग्न रहेका धेरै व्यक्तित्वहरु उनकोे मृत्युको खबरले स्तब्ध देखिए । हुन् त अध्ययनलगायतका विभिन्न काममा अमेरिकामा रहेका नेपालीबीच आत्महत्या, दुर्घटना, अचानक मृत्युको घटना नौला होइनन् । अमेरिकी नेपाली समाजले वर्षांैदेखि यस्ता समस्याहरु भोग्दै अनि समाधान गर्दै पनि आएका छन् । साथै, अमेरिकामै क्यान्सरको मुखमा पुगेका, अंगभंग भएका तथा समस्यामा परेका, मृत्युवरण गरेकालगायतका घटनामा मात्र नभएर नेपालमा पनि आइपरेका भवितव्य र समस्यामा अमेरिकी नेपाली समाज सहयोगका लागिसधै तत्पर रहन्छ ।

गोरखा घर भइ लामो समयदेखि अमेरिकामा रहँदै आएका कृष्ण लामिछानेले पनि त्यस्ता घटना परिघटनामा मन फुकाएर सहयोग गर्थे । पछिल्लो समय कोरोना कहरका बेला पनि उनले त्यहाँका नेपालीहरुलाई धेरै सहयोग पु¥याएका थिए । कृष्ण अमेरिकी नेपाली समाजमा ‘मर्दा र पर्दा’ का साथीका रुपमा चिनिन्छन् । तर, नेपाल र नेपाली समाजका लागि माया, ममता सद्भाव मात्र नभएर आर्थिक तथा भौतिक सहयोग समेत पु¥याउँदै आएका उनी केही समयता भने आफै टुट्दै आएको उनका साथीहरु बताउँछन् ।

नेपालीजम भन्छ– उनीमाथि घरेलु हिंसा भएको थियो
अमेरिकामा सञ्चारकर्मीका रुपमा चर्चित प्रदीप परियार थापाद्वारा सञ्चालित नेपालीजम अनलाइनले त उनी केही समयदेखि घरेलु हिंसाबाट पीडित रहेको र आत्महत्या गर्नुभन्दा अगाडिका समयमा उनीमाथि कुटपिट भएको समेत उल्लेख गरेको छ । घटनाहरु विस्तारै खुल्दै जालान् स्थानीय प्रहरीले त्यसलाई बाहिर ल्याउँला भन्दै नेपालीजमले लेखेको छ– आत्महत्या गरिएका भनिएका कृष्ण लामिछानेको आँखा, ओंठ र घाँटीनिर चोट निलडाम् भएको दर्दनाक फोटो नेपालीजमलाई प्राप्त भएको छ । उक्त फोटाहरु घटनास्थलको नभएर केही समय पहिले उनीमाथि घटेको हिंशाको हो । उनको निलडाम् चोटपटक लागेको निरिह र कारूणिक अवस्थाको छ ।

त्यस्तै, नेपालीजमले टेक्सासका नेपालीहरू मध्ये लामिछानेका नजिकका साथीभाईहरूसँग उनीमाथि घरेलुहिंसा भएको कुरा र प्रमाणहरू रहेको जानकारी आफुले प्राप्त गरेको समेत दनवी गरेको छ । ‘स्व. कृष्ण लामिछाने लामो समयदेखि घरेलु हिंसाबाट पीडित रहेको जानकारी नेपालीजमलाई प्राप्त भएको छ । उनले आत्महत्या गर्नुको पछाडि उनीमाथि भइरहेको चरम् घरेलु हिंसाको के–कस्तो असर छ ? अनुसन्धान हुनु जरूरी छ’, नेपालीजमले भनेका छ ।

नेपाली समाज टेक्सास, जनसम्पर्क समिति अमेरिका लगायतका संस्थामा रहेर लामो समय नेपालीहरुको सेवामा तत्पर थिए । तर, उनी मंगलबार साँझको समयमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । अध्यात्मतिर लागेर जीवन र जगतको बारेमा चिन्तन गर्ने र धेरैलाई त्यो पथमा डोर्याउँदै हिँडेका लामिछाने कसरी आत्महत्याको बाटो रोज्न बाध्य भए भन्ने विषयमा अमेरिकी नेपाली समाजले खोजी गर्न जरुरी रहेको अमेरिकाका सामाजिक अभियन्ताहरु बताउँछन् ।
उनको आत्महत्याको प्रमुख कारण पारिवारिक असमझदारी रहेको कुरा समेत बाहिर सार्वजनिक भएका छन् । स्रोतले बताएअनुसार उनीहरु श्रीमान–श्रीमतीबीच पटक–पटक असमझदारी बढेका कारण कयौंपटक डिर्भोसको कुरासम्म पुग्दा समाजले ‘तपाईंहरु सामाजिक अभियन्ताहरुले नै यस्तो गर्दा समाजमा नकारात्मक सन्देश जान्छ ।’ भनेर डिर्भोस रोकिएको थियो ।

को हुन् लामिछाने ?
गोर्खाको शहीद लखन गाउँपालिका वडा नं ९ का पूर्वअध्यक्ष रामप्रसाद लामिछानेका जेठा छोरा हुन् । टेक्सास नेपाली समाजका पूर्वअध्यक्ष, एनआरएनए आइसीसीको नैतिक शिक्षा पुस्तकका संयोजक रहेर काम गरेका उनी २०२१–०२३ का लागि एनआरएनए अमेरिकाका अध्यक्षका उम्मेदवारसमेत रहेका थिए ।

उनी अमेरिकाको डालस सहरमा श्रीमती र दुई छोरीसँग बस्दै आएका थिए । लामिछानेका भाइ किरण लामिछानेको २०१६ मा टेक्सासमै दुर्घटनामा परेर मृत्यु भएको थियो । कान्छा भाइ कपिल लामिछाने गोरखामै रहेका छन् ।

आफ्नै निवासमा मृत भेटिए अमेरिकामा नेपाली समाजसेवी लामिछाने

वि.सं.२०७९ चैत ९ बिहीवार १७:१७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...