
काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।
अमेरिकाको टेक्सासमा रहेर नेपाली समाज टेक्सास, जनसम्पर्क समिति तथा एनआरएनए लगायतका संस्थामा आवद्ध रहेर सामाजिक काममा सक्रिय लामिछाने मंगलबार साँझ आफ्नै घरमा मृत भेटिएको पारिवारीक श्रोतले जनाएको छ ।
श्रोतका अनुसार अमेरिकामै सँगै रहेकी उनकी श्रीमती कामबाट फर्किदाँ उनी घरमा मृत अवस्थामा भेटिएको बताइएको छ ।
गोर्खा घर भइ लामो समयदेखि श्रीमती र दुई छोरीका साथमा अमेरिकामा बस्दै आएका लामिछानेको मृत्युको कारण भने खुलेको छैन । उनको मृत शरिर पोष्टमार्टमा लागि अस्पतालमा लागिएको छ ।
उनको मृत्यु खबरले अमेरिकास्थित नेपाली तथा नेपाली समाजले स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनी अमेरिकामा व्यवसाय समेत सन्चालन गर्दै आएका थिए ।