
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बाेलाएकाे छ । सरकारमा सहभागीताकाे विषयमा निष्कर्ष निकाल्न बैठक बाेलाइएकाे एक नेताले बताए । बैठक केही बेरमा बस्दैछ ।
नेकपा एसले सुरूदेखि नै गृहसहित तीन मन्त्रालयमा दाबी गरेकाे थियाे । तर, प्रधानमन्त्री प्रचण्डले गृह आफ्नै पार्टीले राख्ने अडान लिएपछि नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालयले आफूले पाउनुपर्ने माग गरेको छ।
बैठकमा सरकारमा कोको जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ। आजै ४ बजे सत्तारुढ गठबन्धन दलको बैठक पनि बस्दै छ। प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी गरेका छन्।