back
CTIZAN AD

विदेशमा रहेका नेपालीलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा, कसरी लिने त यो सेवा ?

वि.सं.२०७९ चैत १५ बुधवार

810 

shares

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली श्रमिकका लागि आजदेखि निःशुल्क स्वास्थ परामर्श सेवा दिने भएको छ ।

बैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आजदेखि बैदेशिक रोजगारमा गएका श्रमिक कामदारलाई लक्षित गरी टेलिमेडिसिन सेवा संचालनमा ल्याइएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७९/११\०२ मा टेलिमेडिसिन सेवा संचालन कार्यविधि २०७९ स्वीकृत गरेसँगै नेपाली श्रमिकको समस्या समाधानका लागि आवस्यकता अनुसार समयमा सल्लाह सुझाव र परामर्श सेवा उपलव्ध गराउन लागेको जनाइएको छ ।

कसरी लिने त यो सेवा ?
बोर्डका अनुसार आजदेखि सुरु भएको उक्त सेवा बिहान १० बजेबाट सुरु हुनेछ । सार्वजनिक विदाका दिन बाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह हुनेछ । यसका लागि विदेशमा रहेका श्रमिकहरुले ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइवर, ह्वाटसएप वा इमो लगायतका सामाजिक संजालबाट फोन गर्न सक्नेछन् ।

श्रमिकहरुले गरेको उक्त कल टेलिमेडिसिन मेडिकल अधिकृतले प्राप्त गरेपछि कुनैपनि स्वास्थ्य सम्बन्धी समस्या रहेका कामदारहरुलाई विशेषज्ञ सेवा आवस्यक परेमा हरेक आइतबार र शुक्रबार सेवा दिइनेछ ।

विशेष गरी नेपाली कामदारको गन्तव्य मुलुकमा आइतबार र शुक्रबार सार्वजनिक विदा हुने भएकाले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराइने जनाइएको छ ।

वि.सं.२०७९ चैत १५ बुधवार १४:१० मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...