back
CTIZAN AD

दलहरुको अडानले मन्त्रिपरिषद् विस्तार अन्योलमा

वि.सं.२०७९ चैत १५ बुधवार

834 

shares

काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा पुगेको छ । भागवण्डाका लागि भन्दै गरिएका निरन्तरका बैठक पनि असफल बनेका छन् ।

निर्णायक भनिएको बुधबार बिहानको बैठक पनि सफल भएन । दलहरु पुनः छलफलमा बस्ने तयारीमा छ । संयुक्त बैठकमा कुरा नमिलेपछि दलहरु अहिले छुट्टाछुट्टै छलफलमा छन् । तर, दलहरुले पूर्ववत् अडान नछाडे आगामी बैठकमा पनि सहमति हुन भने गाह्रो देखिन्छ ।

विशेषतः अहिले नेपाली कांग्रेस र एकीकृत समाजवादीको अडानले समस्या बनाएको देखिन्छ । ८८ सिटसहित संसदको ठूलो दल नेपाली कांग्रेसले कम्तिमा आठ मन्त्रालय पाउनुपर्ने अडान राखिरहेको छ भने १० सिटे एकीकृत समाजवादीले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

नेपाल समाजवादी पार्टीका नेता रामेश्वर राय यादवका अनुसार दुवैको दाबी कायमै रहँदा सहमति हुन गाह्रो छ । “मुख्यगरी कांग्रेस र एकीकृत समाजवादीको अडानले समस्या बनाएको छ, उहाँहरुले अडान नछाड्दासम्म सहमति हुन गाह्रो छ”, यादवले भनेका छन्, “तथापी, सहमति नगरी नहुने बाध्यताले गर्दा दलहरु लचक हुनुपर्छ भन्ने हो ।”

सुरुदेखि नै दलहरुबीच मन्त्रालय भागवण्डाको आधार तय नहुँदा सहमति नबनेको देखिन्छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार भागवण्डाको मापदण्ड नहुँदा सबैले मालदार मन्त्रालय ताक्दा नै समस्या भएको हो ।

“सबैको नजर मालदार मन्त्रालयमा छ, के आधारमा कसले, कति मन्त्रालय पाउने भन्ने छैन”, उनले भनेका छन्, “अहिलेको ढिपी नछाड्दासम्म सहमति हुन गाह्रो छ । तैपनि सहमति गर्नु र अहिलेको गठबन्धनलाई अगाडि लैजानु बाध्यात्मक छ ।”

वि.सं.२०७९ चैत १५ बुधवार १४:५३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...