back

नागरिकता विधेयक संसदमा पेस गर्न गगन थापाको माग

वि.सं.२०७९ चैत १५ बुधवार

210 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक यही अधिवेशनमा पेस गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्ताे माग गरेका हुन् ।

थापाले नागरिकता नपाउँदा नेपाली हुन नपाएको र उनीहरुले कुनै पनि सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराए।

‘कयौं नेपालीले अहिले पनि नागरिकता पाएका छैनन्,’ थापाले भने, ‘नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न नपाउने, लोकसेवाको परीक्षा दिन नपाउने, अन्य महत्वपूर्ण कामबाट उनीहरु वञ्चित भएका छन्।’

कांग्रेस सांसद थापाले अहिले भएका विमतीहरुलाई थाती राखेर दलहरुका बीचमा जेजे कुरामा सहमति छ, ती विषयलाई समेटेर अबिलम्व पारित गर्ने गरी यही संसदको अधिवेशनमा नाागरिकता सम्बन्धी विधेयक पेस गरिनुपर्ने बताए। उनले नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने भन्दै यो विधेयक पेस गर्न माग गरे ।

वि.सं.२०७९ चैत १५ बुधवार १५:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...