back
CTIZAN AD

नागरिकता विधेयक संसदमा पेस गर्न गगन थापाको माग

वि.सं.२०७९ चैत १५ बुधवार

828 

shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक यही अधिवेशनमा पेस गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्ताे माग गरेका हुन् ।

थापाले नागरिकता नपाउँदा नेपाली हुन नपाएको र उनीहरुले कुनै पनि सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराए।

‘कयौं नेपालीले अहिले पनि नागरिकता पाएका छैनन्,’ थापाले भने, ‘नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न नपाउने, लोकसेवाको परीक्षा दिन नपाउने, अन्य महत्वपूर्ण कामबाट उनीहरु वञ्चित भएका छन्।’

कांग्रेस सांसद थापाले अहिले भएका विमतीहरुलाई थाती राखेर दलहरुका बीचमा जेजे कुरामा सहमति छ, ती विषयलाई समेटेर अबिलम्व पारित गर्ने गरी यही संसदको अधिवेशनमा नाागरिकता सम्बन्धी विधेयक पेस गरिनुपर्ने बताए। उनले नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने भन्दै यो विधेयक पेस गर्न माग गरे ।

वि.सं.२०७९ चैत १५ बुधवार १५:३८ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...