Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

एकीकृत समाजवादीको अडान : तीन मन्त्रालय नपाए सरकारमा नजाने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । सत्ता गठबन्धनको बैठकअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडा यस्तो जनाएका हुन् ।

आफुहरु प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा रहेको उनले बताए । “हाम्रो अडान कायमै छ, हामीले भनेझैं तीन वटा मन्त्रालय प्राप्त भइनसकेको र, मन्त्रालयको टुंगो नलागेको हुनाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा अहिले बसिरहेका छौं”, प्रवत्ता खतिवडाले भनेका छन्, “कुनै पनि बेलामा निर्णय गर्नेगरी तयारी अवस्थामा छौं ।”

एउटा मात्रै मन्त्रालय पाउने हो कि भन्ने प्रश्नमा त्यस्तो चर्चा नै नभएको बताए । उनले भने, “हामी एक होइन तीन नाम दिन तयार भएर बसेका छौें, एकको अहिले चर्चा गरिएको छैन ।”

मन्त्रालयको टुंगो लागे लगत्तै नाम सार्वजनिक हुने उनले बताए । “नामहरु सबै तयार छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौं । अनुमान गरेको नाम नै धेरै मिल्नसक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।”

सबै ठाउँमा त्याग गरेको हिसाबले पनि आफुँहरुको अडान जायज रहेको उनको भनाई छ ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब