back
CTIZAN AD

एकीकृत समाजवादीको अडान : तीन मन्त्रालय नपाए सरकारमा नजाने

वि.सं.२०७९ चैत १५ बुधवार

915 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । सत्ता गठबन्धनको बैठकअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडा यस्तो जनाएका हुन् ।

आफुहरु प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा रहेको उनले बताए । “हाम्रो अडान कायमै छ, हामीले भनेझैं तीन वटा मन्त्रालय प्राप्त भइनसकेको र, मन्त्रालयको टुंगो नलागेको हुनाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा अहिले बसिरहेका छौं”, प्रवत्ता खतिवडाले भनेका छन्, “कुनै पनि बेलामा निर्णय गर्नेगरी तयारी अवस्थामा छौं ।”

एउटा मात्रै मन्त्रालय पाउने हो कि भन्ने प्रश्नमा त्यस्तो चर्चा नै नभएको बताए । उनले भने, “हामी एक होइन तीन नाम दिन तयार भएर बसेका छौें, एकको अहिले चर्चा गरिएको छैन ।”

मन्त्रालयको टुंगो लागे लगत्तै नाम सार्वजनिक हुने उनले बताए । “नामहरु सबै तयार छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौं । अनुमान गरेको नाम नै धेरै मिल्नसक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।”

सबै ठाउँमा त्याग गरेको हिसाबले पनि आफुँहरुको अडान जायज रहेको उनको भनाई छ ।

वि.सं.२०७९ चैत १५ बुधवार १७:०५ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...