back
CTIZAN AD

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण

वि.सं.२०७९ चैत १५ बुधवार

885 

shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण दिएको छ ।

चैत्र १४ गते बुटवलको सिद्धार्थ कटेजमा आयोजित एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको थियो । सो प्रशिक्षणमा झण्डै ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सर्भिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरु स्मृति राज कंडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्ट लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भ संयुत्त रुपमा पानसमा दिप प्रज्वलन गरी नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप दिन अन्तराष्ट्रिय प्रशिक्षकबाट कार्यक्रम आयोजना गरिएको बताउदै यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको बताए ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए ।

 

 

वि.सं.२०७९ चैत १५ बुधवार १७:०७ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...