back
CTIZAN AD

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

वि.सं.२०८३ असार २३ मंगलवार

309 

shares

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले छलफलको पहिलो सत्रमा चालु आर्थिक वर्षभरि प्राधिकरणको कोशी प्रदेश कार्यालयले विभिन्न सरोकारवालासँग सञ्चालन गरेका अन्तरक्रिया कार्यक्रमहरूमा उठेका प्रश्न, जिज्ञासा तथा जनगुनासोहरूको समीक्षा गरिएको थियो । बीमा सेवाप्रति सर्वसाधारणमा देखिएका अन्योल तथा बजारमा रहेका व्यावहारिक समस्याको समाधानका लागि बीमा कम्पनीहरूले खेल्नुपर्ने भूमिकाबारे सहभागीहरूले सुझाव दिएका थिए ।

छलफलमा कोशी प्रदेशमा कार्यरत बीमा कम्पनीहरूले चालु आर्थिक वर्षमा गरेका गतिविधि, प्राप्त उपलब्धि र भोगेका चुनौतीहरूको पनि समीक्षा गरिएको थियो। सहभागीहरूले बीमाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, बजारलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा दाबी भुक्तानी प्रक्रियालाई थप प्रभावकारी र छिटोछरितो बनाउने विषयलाई आगामी आर्थिक वर्षको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बीमा क्षेत्रप्रति नागरिकको विश्वास बढाउन नियामक निकाय र बीमा कम्पनीहरूबीच प्रभावकारी समन्वय, जनचेतना अभिवृद्धि तथा सेवामुखी कार्यशैलीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो ।

वि.सं.२०८३ असार २३ मंगलवार १२:४० मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...