काठमाडौं । सनराइज बैंक लिमिटेडले ग्लोवल मनि विकका अवसरमा १०० वटा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले सातवटै प्रदेशमा पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ग्लोवल मनि विक मनाएको हो । बैंकले देशभरीका शाखाहरु र सामाजिक संजालमार्फत् विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
बैंकले ग्लोवल मनि विकको यस वर्षको नारा ‘प्लान योर मनि, प्लान योर फ्युचर’ अन्तर्गत बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएम मार्फत् आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेका जनाएको छ ।
वि.सं.२०७९ चैत १५ बुधवार १७:२१ मा प्रकाशित





























