Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

मुगु अस्पताललाई पचास शैथ्याको बनाउन सांसद शाहीको माग



काठमाडौं । मुगुका सांसद ऐनबहादुर शाहीले जिल्लाको एक मात्र १५ शैथ्या अस्पताललाई ५० शैथ्यामा बिस्तार गर्न माग गरेका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सांसद शाहीले मुगु जिल्ला अस्पताल स्थापना भएको १६ बर्षसम्म १५ शैथ्यामै सिमित रहेको तथा जनशक्ति अभावका कारण बिरामीलाई उपचार गर्न गाह्रो अबस्था भइरहेको भन्दै १५ शैथ्याबाट बिस्तार गरि सुबिधा सम्पन्न बनाउन सरकारसँग गरेका छन ।

मुगु अस्पताल स्थापना कालदेखि अहिलेसम्म १५ शैथ्यामै सिमित छ ससद बैठकमा शाहीले भने त्यसलाई बिस्तार गरि ५० शैथ्या पुर्याउन माग गरेका छन् ।

‘मुगुमा ५० शैथ्याको अस्पताल नहुँदा जनशक्ति अभाव छ उनले भने बिरामीले उपचार गर्न अझै जुम्ला पुग्नु परेको छ’, उनले भनेका छन् त्यसैले यथाशिघ्र मुगु अस्पताललाई ५० शैथ्यामा बिस्तार गरियोस् ।’ मुगुको बाढी पहिरो पीडित परिवारलाई राहत तथा पुर्नवासको बिषयमा पनि सांसद शाहीले सरकारको ध्यानकर्षण गराएका छन् ।

सांसद शाहीले सात महिनासम्म बाढी पहिरो पीडित परिवारका लागि राहत तथा पुर्नवासको ब्यवस्था नभएको बताउँदै भने, ‘अब बर्खा सुरु हुन थालिसक्यो । छिटो भन्दा छिटो पुर्नवासको ब्यवस्था गरियोस ।’ गत असोजमा आएको बाढीको बितण्डाले किसानका खेतीयोग्य जग्गा जमिन तहसनहस पारेको हुँदा त्यसलाई सुधार गर्न सरकारले किसान जग्गा सुधार कार्यक्रम लागू गर्न समेत शाहीले माग गरे ।

शाहीले गमगढी नाग्मा सडक शिघ्र कालोपत्रे गर्न र गमगढी नाक्चेनाङला सडक निर्माणको लागि बजेटको माग गरेका छन् ।

उनले सांसद शाहीले मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई सहजरुपमा नुन उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।

उनले पाँचकेजी नुन लिन दुई दिन हिँडेर जिल्ला सदरमुकाम पुग्नुपर्ने अबस्थालाई मध्येनजर गर्दै पालिकास्तरमै नुन बिक्री केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन् । उनले कर्णालीको पर्यटन बिकासमा ध्यान दिन र मुगुमा बिद्युतको सुविधा पुर्याउन समेत माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको