back
CTIZAN AD

मुगु अस्पताललाई पचास शैथ्याको बनाउन सांसद शाहीको माग

वि.सं.२०७९ चैत १५ बुधवार

945 

shares

काठमाडौं । मुगुका सांसद ऐनबहादुर शाहीले जिल्लाको एक मात्र १५ शैथ्या अस्पताललाई ५० शैथ्यामा बिस्तार गर्न माग गरेका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सांसद शाहीले मुगु जिल्ला अस्पताल स्थापना भएको १६ बर्षसम्म १५ शैथ्यामै सिमित रहेको तथा जनशक्ति अभावका कारण बिरामीलाई उपचार गर्न गाह्रो अबस्था भइरहेको भन्दै १५ शैथ्याबाट बिस्तार गरि सुबिधा सम्पन्न बनाउन सरकारसँग गरेका छन ।

मुगु अस्पताल स्थापना कालदेखि अहिलेसम्म १५ शैथ्यामै सिमित छ ससद बैठकमा शाहीले भने त्यसलाई बिस्तार गरि ५० शैथ्या पुर्याउन माग गरेका छन् ।

‘मुगुमा ५० शैथ्याको अस्पताल नहुँदा जनशक्ति अभाव छ उनले भने बिरामीले उपचार गर्न अझै जुम्ला पुग्नु परेको छ’, उनले भनेका छन् त्यसैले यथाशिघ्र मुगु अस्पताललाई ५० शैथ्यामा बिस्तार गरियोस् ।’ मुगुको बाढी पहिरो पीडित परिवारलाई राहत तथा पुर्नवासको बिषयमा पनि सांसद शाहीले सरकारको ध्यानकर्षण गराएका छन् ।

सांसद शाहीले सात महिनासम्म बाढी पहिरो पीडित परिवारका लागि राहत तथा पुर्नवासको ब्यवस्था नभएको बताउँदै भने, ‘अब बर्खा सुरु हुन थालिसक्यो । छिटो भन्दा छिटो पुर्नवासको ब्यवस्था गरियोस ।’ गत असोजमा आएको बाढीको बितण्डाले किसानका खेतीयोग्य जग्गा जमिन तहसनहस पारेको हुँदा त्यसलाई सुधार गर्न सरकारले किसान जग्गा सुधार कार्यक्रम लागू गर्न समेत शाहीले माग गरे ।

शाहीले गमगढी नाग्मा सडक शिघ्र कालोपत्रे गर्न र गमगढी नाक्चेनाङला सडक निर्माणको लागि बजेटको माग गरेका छन् ।

उनले सांसद शाहीले मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई सहजरुपमा नुन उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।

उनले पाँचकेजी नुन लिन दुई दिन हिँडेर जिल्ला सदरमुकाम पुग्नुपर्ने अबस्थालाई मध्येनजर गर्दै पालिकास्तरमै नुन बिक्री केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन् । उनले कर्णालीको पर्यटन बिकासमा ध्यान दिन र मुगुमा बिद्युतको सुविधा पुर्याउन समेत माग गरेका छन् ।

वि.सं.२०७९ चैत १५ बुधवार १७:४८ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...