Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बारा–२ को चर्चा : उपेन्द्रलाई चुनाव जित्न कति सहज ?



काठमाडौं । वैशाख १० मा हुँदै गरेको प्रतिनिधिसभातर्फको उपनिर्वाचनमा विशेषतः बारा–२ को चर्चा केही बढी देखिन्छ । जहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीयरुपमै चर्चामा रहेका केही पात्र मैदानमा छन् ।

सत्ता साझेदार पाँच दलको सहयोग पाएका उपेन्द्र यादव उम्मेदवार बनिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र एमालेबाट पुरुषोत्तम पौडेलसहित ३६ जनाले उम्मेदवारी दिएका छन् ।

बारा–२ मा यसअघि जसपाका रामसहायप्रसाद यादवले जितेका थिए । उनको मुख्य प्रतिस्पर्धा तत्कालिन समयमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेका शिवचन्द्र कुशवाहासँग थियाे । यादव उपराष्ट्रपति बनेसँगै यो निर्वाचन क्षेत्र रिक्त भएको थियो ।

बारा–२ मा विशेषतः यसअघि जसपा–एमाले गठबन्धन र माओवादी–कांग्रेस गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । जहाँ एमालेको मत पाएर जसपाका यादव विजयी बनेका थिए ।

तर, अहिले समीकरण पुरै फेरबदल भएको छ । कांग्रेस र माओवादीलगायतका पाँच दल जसपाको पक्षमा उभिएका छन् भने एमाले एक्लै छ । बारा–२ मा विशेषतः चर्चाको हिसाबले जसपाका उम्मेदवार यादव र जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाबीच प्रतिस्पर्धा हुने आकंलन गरिएको छ ।

प्रतिस्पर्धामा रमेश खरेल पनि छन् । तर, उनको अवस्था त्यति बलियो नभएको बताइन्छ । उनी यसअघि काठमाडौं क्षेत्र नम्बर १ बा पराजित भएका थिए ।

पाँच दलको समर्थनले उपेन्द्र बलिया

उपेन्द्र यादव यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी–२ बाट भारी मतान्तरसहित पराजित भएका थिए । चुनावको चर्चा सुरु भएदेखि नै बारा–२ मा राउतले यादवविरुद्ध आक्रामकरुपमा चुनावी अभियान चलाइरहेका छन् । साथै, तत्कालिन समय माओवादी केन्द्रकै उम्मेदवारलाई भित्र्याएर आफ्नो उम्मेदवार पनि बनाएका छन् ।

जसको कारण बारा–२ मा बनेको माहोल उपेन्द्रका निम्ति त्यति सहज छैन । तथापी, सत्ता साझेदार पाँच दलले उपेन्द्रलाई सघाउने निर्णय गरेका छन् । उपेन्द्रलाई आफ्नो पार्टी जसपासहित नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)काे समर्थन छ ।

दलगत हैसियतलाई हेर्दा कांग्रेस, माओवादी, लोसपा बारामा प्रतिस्पर्धी पार्टी हुन् । यी दलको साथ पाउनुले यादवलाई जित सहज देखिन्छ । तथापी, माहोल व्यक्ति केन्द्रीत हुने हुँदा पनि अहिल्यै के हुन्छ भन्ने अवस्था छैन ।

समानुपातिक मतअनुसार ग्रीन जाेनमा उपेन्द्र

मंसिरमा भएको निर्वाचनमा बारा २ मा समानुपतिकमा जसपाले १३ हजार २४२ मत ल्याएर पहिलो पार्टी बनेको थियो । जहाँ नेपाली कांग्रेसले ११ हजार १७९, नेकपा एमालेले ९ हजार १९३, जनमत पार्टीले ८ हजार ८४६, लोसपाले ४ हजार २३५ मत ल्याएको थियो ।

यस्तै, नागरिक उन्मुक्तिले ३ हजार ७९४, माओवादी केन्द्रले ३ हजार २६५, नेपाल संघीय समाजवादी पार्टीले २ हजार ३६६, नेकपा एकीकृत समाजवादीले १ हजार ९९६, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९२ मत ल्याएको थियो ।

अहिले तत्कालिन समयमा प्राप्त मतलाई हेर्दा उपेन्द्र ग्रीन जोनमा देखिन्छन् । यादवको पक्षमा सहजै बहुमत आउने देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।