back
CTIZAN AD

रास्वपाका सांसद ढाका कुमारमाथि साधारण सदस्य समेत नरहने गरी कारबाही

वि.सं.२०७९ चैत २९ बुधवार

969 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक सांसद बनेका ढाका कुमार पार्टीबाट निष्काशित भएका छन् ।

सो पार्टीको आज दिउँसो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यबाट समेत निस्काशित गरेसँगै उनको सांसद पद समेत जाने भएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका अध्यक्ष रवी लामिछानले उनलाई कारबाही गरिएको बारेमा कुरा राख्दै भनेका छन्–‘लेनदेन भएको कुरा अहिलेसम्म देखिएको छैन । अडियोमा सार्वजनिक भएको आवाज उहाँको हो । त्यो कुराकानीमा पैसा मागिएको छ । एउटा सांसद, सार्वजनिक व्यक्तिले त्यसरी माग्नु हामी विधान अनुसार भ्रष्टाचार शून्य सहनशीलता भनेर बसेका छौं हाम्रा लागि कारबाही गर्नु यथेष्ट कारण हो ।’

अध्यक्ष लामिछानेले श्रेष्ठले भनेजस्तै अन्य कोही पनि यसमा दोषी भएमा पार्टीले कारबाही गर्ने बताए ।

सांसद श्रेष्ठले केही समय अगाडि मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग गरेको अडियो संवादमा उनले २ करोड माग गरेको पाइएपछि उनको चौतर्फि आलोचना भएको थियो । सो अडियो बाहिरीए लगत्तै उनलाई २४ घण्टे स्पष्टीकरण माग्दै छानविनका समिति समेत गठन गरिएको थियो ।

वि.सं.२०७९ चैत २९ बुधवार २०:४० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...