काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न सरकारलाई चुनौति दिएका छन् । पछिल्लो समय सिंहदरबारले सहयोग नगरेकोप्रति रुष्ट बनेका मेयर साहले फेरि सरकारसँग आक्रोश पोखेका हुन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आक्रोश व्यक्त गर्दै लेखेका छन, “कि काठमाडौंको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन। चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।
महानगरपालिकाले सुकुम्बासीहरूलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर साहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने उद्घोष गरेका थिए। पछिल्लो समय सरकार र काठमाडौं महानगरपालिकाबीचको द्वन्द्व बल्झिदै गइरहेको छ।
वि.सं.२०७९ चैत ३० बिहीवार १३:१० मा प्रकाशित






























