back
CTIZAN AD

सरकारी विद्यालयको शुल्क दश हजार !

वि.सं.२०८० वैशाख ४ सोमवार

2.2K 

shares

काठमाडौं । तपाईलाई अचम्म लाग्नसक्छ, एक सरकारी विद्यालयको शुल्क १० हजार भन्दा । तर झापाको दमकमा रहेको एक सरकारी विद्यालयले अभिभावकसँग व्यवस्थापन सहयोग शिर्षकमा दशहजार रुपैयाँ शुल्क असुल गरेको पाईएको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा दमक नगरपालिका वडा नं. नौ मा अवस्थित सरस्वती माध्यामिक विद्यालयले अभिभावकबाट सो रकम असुल गरेको हो ।

सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा माओवादी केन्द्रको कोशी प्रदेश कोषाध्यक्ष समेत रहेका नेता रेवतराज पुरी रहेका छन् । पुरी यस अघि पनि विभिन्न अभियोग लागेर विवादमा परेका व्यक्ति हुन भने यो घटनाले फेरी उनी विवादमा पर्ने देखिन्छ ।

माओवादीकै जोडवलमा निःशुल्क विद्यालय शिक्षाको हक संविधानमा समेटीएको र माओवादीकै नेतृत्वमा सरकार रहेकोबेला माओवादी कै नेता व्यवस्थापन समितिको अध्यक्ष रहेको सरकारी विद्यालयले शुल्क असुल गरेको भन्दै माओवादी केन्द्र दमक नगर कमिटीले आपत्ति जनाउँदै विज्ञप्ति समेत निकालेको छ ।

यस विषयमा प्रतिकृया लिनखोज्दा अध्यक्ष पुरी र विद्यालयका प्रधानाध्यापक नरबहादुर थापाको फोन उठेन ।

के छ संवैधानिक व्यवस्था ?
नेपालको संविधान २०७२ ले शिक्षा सम्बन्धि हकको ग्यारेन्टी गरेको छ । संविधानको धारा ३१ ले आधारभुत शिक्षा कक्षा आठसम्म अनिवार्य तथा निःशुल्क हुने भनेको छ भने माध्यामिक शिक्षा कक्षा ८–१२ सम्म निःशुल्क हुने भनेर प्रस्ट भनेकाे छ ।

त्यस्तै संविधान जारी भएपछि विद्यालय संचालनसम्बन्धि दायीत्व पनि स्थानिय तह कै मातहत पुगेको छ । यस्तो अवस्थामा संविधान प्रतिकुल हुनेगरि विभिन्न वाहनामा सरकारी विद्यालहरुले अभिभावकहरुसंग चर्को शुल्क असुल्न थालेको सरोकारवालाहरुले बताएका छन् ।

‘त्यहि संविधानले प्रधानमन्त्रीदेखि वडा सदस्यसमेत चुन्ने र चुनिने ग्यारेन्टी गरेको छ’, एक अभिभावकले भने ‘अनि त्यहि संविधानमा निःशुल्क विद्यालय शिक्षाको ग्यारेन्टि पनि छ । एउटाको कार्यान्वयन हुने र अर्कोको नहुने संविधान विरोधि कार्य हो ।’

 

वि.सं.२०८० वैशाख ४ सोमवार २२:३० मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...