back
CTIZAN AD

बारा- २ को मतगणना जारी : उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र

वि.सं.२०८० वैशाख १२ मंगलवार

825 

shares

काठमाडौं । बारा क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि आइतबार सम्पन्न बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको हालसम्मको मतगणना अनुसार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ हजार ९६ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।

यसअघि झण्डै ५ हजार मतान्तरले पछाडि परेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १९ हजार २७३ मतसहित यादवलाई पछ्याइरहेका छन् । यादव र कुशवाहबीच झण्डै तीन हजार मतले मतान्तर रहेको छ । कुशवाहले मतान्तर घटाउँदै लगेका छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार रहेका पुरुषोत्तम पौडेलले ६ हजार ३५४ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का उम्मेदवार रमेश खरेलले २६ सय मत ल्याएका छन् ।

चितवनमा रास्वपाका लामिछाने र तनहुँमा डा. वाग्ले विजयी
त्यसैगरी चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने भारी मतसहित विजयी भएका छन् । उनले ५४ हजार १७६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका थिए ।

त्यस्तै तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाकै स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका थिए ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा परेपछि सांसद पद खारेज भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी तीनै क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।

वि.सं.२०८० वैशाख १२ मंगलवार २०:५० मा प्रकाशित

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...

काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।...

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ...