back
CTIZAN AD

नेपालमै सुरू भयो सामसङ ब्रान्डको टेलिभिजन उत्पादन

वि.सं.२०८० वैशाख १३ बुधवार

705 

shares

काठमाडौं । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरुमध्येको एक सामसङले नेपालमा वर्षौदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण हो ।

सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रुपमा गरेका थिए । उक्त उद्घाटन समारोहमा गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक श्री शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत श्री पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख श्री सुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिण-पश्चिम एशियाका अध्यक्ष एवंंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले भने, “नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ । हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउनेछ । साथै दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदछौं । नेपाल सरकार र स्थानीय निकायहरुले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।”

समारोहलाई सम्बोधन गर्दै गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,“सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउंछ । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुची देखाएको छ । जुन हाम्रो लागि महत्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसंगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मुल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौं ।”

यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसेढुँगा हो र यसले स्थानीय उद्यम, नयाँ सिपहरु, खोजहरु र रोजगारसंग देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको छ । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरु सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्नेछ ।

सामसङ नेपालमा २ दशकभन्दा बढीदेखि चिरपरिचित छ । आज, यो कम्पनी देशमा एक घरेलु नाम बनिसकेको छ । यसले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री वितरण गर्दछ । देशभर सामसङको ५०० वटा इलेक्ट्रोनिक्स रिटेल पसलहरु र ग्राहक सेवा केन्द्रहरुको सञ्जालमा रहेका छन् ।

वि.सं.२०८० वैशाख १३ बुधवार १७:५७ मा प्रकाशित

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...