back
CTIZAN AD

गरिब बिरामीका लागि दश प्रतिशत शैथ्या छुट्याउन मन्त्रालयको निर्देशन

वि.सं.२०८० वैशाख १३ बुधवार

819 

shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शैथ्याको १० प्रतिशत शैथ्या गरिबलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैथ्याको दश प्रतिशत शैथ्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शैथ्याको १० प्रतिशत शैथ्या नछुट्याएको पाइएको थियो ।

यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।

 

वि.सं.२०८० वैशाख १३ बुधवार २०:३२ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...