back
CTIZAN AD

कृसलाको गुहार, न्याय खोज्न कहा जाऔं सरकार !

वि.सं.२०८० वैशाख १४ बिहीवार

1.4K 

shares

‘मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार’  स्याङ्जा पुतलिबजारकी  क्रिसला न्यौपानेको फेसबुक स्टाटसले धेरैलाई भावुक बनाएको छ ।

त्यसो त उनको मात्रै होईन यो आवाज, उनका दाइ किस्मतले पनि लगातार गुहार मागेको धेरै भैसक्यो । संजालमा उनले आफनी आमा कमला न्यौपानेको मृत्युको बिषयमा गंभिर छानवीन नभएको भन्दै परिवारकै अन्य ब्यक्तिले समेतले कुटपीट गरेको उल्लेख गरेकी छन् ।

हालै आमा गुमाएकी उनले संजालमा भनेकी छन ‘माघ २२ गते राति १० बजेको समयमा कुटपिट गरी करिब १५ घण्टा कोठामा गाउँका कोई कसैलाई घरमा समेत आऊन नदिएर कोठा भित्र थुनेर वन्धक वनाई राखेंर भोलिपल्ट करिब १२ बजे तिर दाइलाई फोन गरि ममिलाई प्रेसरले हानेर वाथरूममा लडी भनेर बुबाले भन्नु भएको, ठूलो बुबाले केही भएको छैन घरमै घुरेर सुतिरहेकि छ, फुपुले सेउला लिन जादा भारिसँग खरबारीबाट लडेकी हो भन्ने, हजुरआमाले थाहा छैन भन्ने ठूलीआमा र भाऊजूलाई सोधेको केही भाको छैन भर्खरै गएर आएको भन्नु भएको रहेछ । म पनि घटना घटेको दिन सानोआमा सावित्राको घरमा वसेको थिए र भोलिपल्ट कलेज सकेर घरमा जादा वाटोमै फुपुदिदी आई आमालाई प्रेसरले हानेर हस्पिटल लगेका छन् पिर नगर भन्नु भो । घरमा पुगि हेर्दा चुरापोतेका टुक्रा र रगतको भेल देखे अनि अतालिदै ठूलोवुवाको घर पुगे र सोधे ममिलाई के भएको हो र ? कसैले केहि वोल्न चाहानु भएन प्रेसरले हानेर हस्पिटल लगेको मात्रै भन्नु भो’ भन्दै मृत्यु अस्वभाविक भएको कुरा सार्वजनीक गरेकी छन ।

उनले अगाडी भनेकी छन ‘मैले भेट्दा आमा कमला न्यौपाने अचेत र आखा वन्द भएको अनुहार समेत नचिनिने अवस्थामा मात्रै भेटे, उपचार गर्न भीरकोट नगर हस्पिटल हेलु अनि पोखरा गण्डकी मेडिकल कलेज हुँदै काठमाडौं नर्भिक अस्पतालमा उपचारका क्रममा ४५ दिनमा कहिल्यै आँखा नखोल्ने गरि ४४ वर्षको ऊमेरमा आँखा वन्द गर्नु भयो । शुरूमा त आमालाई ठिक हुन्छ अनि सवै कुरा भन्नुहुन्छ भन्ने लाग्यो र न्यायको निम्ति भन्दा ऊपचारकै निम्ति लागियो तर आमाका आखा खुलेनन् ।’‘घटना घटेका दिन करिव सांझ ८ः२७ वजे तिर दाईले वुवालाई फोन गरि के गर्दै हुनुहुन्छ भन्दा वुवाले म वाहिर छु, ममिले भित्र खाना वनाऊदै छ, एकछिनमा खाना खाने हो दिनभर दाऊरा वोकियो अनि पोखराका साथीले फोन गरिरहेछन् घुम्न आईज भनेका छन् के गर्ने सुट वनाऊनु छ भन्नु भएको रहेछ । दाईले हुन्छ वनाऊला र जानुहोला समेत भनेर फोन राख्नु भएको रहेछ तर त्यहि १ः३० घण्टाको विचमा के त्यस्तो भयो र आमा कमलालाई यस्तो घटना गराऊने अवस्था पुग्यो र ज्यान गुम्यो अनि हामी टुहुरा भयौं र घरवार विहिन अवस्था वसिरहेछौं । त्यो विषयमा प्रहरीले गहिरो अनुसन्धान गर्नै चाहदैन । प्रश्न यहि खडा भएको छ । यस्तो अवस्थामा पनि प्रहरीले किटानी जाहेरी दिएकालाई अनुसन्धान गर्न कुनै आवश्यकता देख्दैन राजनैतिक आडमा ऊल्टो भगाईरहेछ । आमाले संसार छोडेको सातौं दिनका दिन हामीलाई भेट्न जम्मा भएका महिला समुहले समातेर प्रहरीलाई वुझाएका थिए तर प्रहरीले आजसम्म पनि जाहेरी परेका ब्यक्तिलाई देखिरहेको छैन । अर्को एक व्यक्तिको वारेमा पनि किटानी जाहेरि छ र अन्य संकास्पद व्यक्तिको पनि अनुसन्धान होस् भनेका छौ । ’

अहिले मृतक कमलाका श्रीमान अहिले पुर्पक्षका लागी थुनामा रहेका छन भने जाहेरी दिएका अन्य ब्यक्तिमा पनि गहिरो अनुसन्धान हुनुपर्ने कमलाका छोरा किस्मत र छोरी कृशलाको माग देखिएको छ । यस सम्बन्धमा मृतकका भाइ तेज प्रसाद सुवेदीले हत्याजस्तो संवेदनशिल बिषयमा मुद्धा कमजोर पार्ने षडयन्त्र भएको र अरु अपराधि नपक्रिएकोमा सम्बन्धित पक्षसंग आक्रोश पोखेका छन् भने प्रहरी अधिकारीहरु कसेैको दवावमा अनुसन्धान फितलो नहुने बताईरहेका छन ।
शूरुमा कुटपीट र हत्या अस्विकार गरेका कमलाका श्रीमान लक्ष्मीप्रसाद न्यौपानेलाई मात्र आरोपी ठहर गरी जेठाजु केशवराज न्यौपाने लगायत अरुलाई चोख्याउने आशंका पीडित परीवारको रहेको छ । कमला माघ २२ गते कुटपीटमा परेपछि बिभिन्न अस्पतालमा उपचार गर्दै आउने क्रममा चैत्र ७ गते काठमाण्डौमा निधन भएको थियो ।

वि.सं.२०८० वैशाख १४ बिहीवार १०:४१ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...