back
CTIZAN AD

लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंकबीच सम्झौता

वि.सं.२०८० वैशाख १४ बिहीवार

834 

shares

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका थिए । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले २०८० बैशाख १३ गतेदेखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक वितरक भै कार्य गरी आएको छ ।

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री वितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन् ।

वि.सं.२०८० वैशाख १४ बिहीवार ०८:५४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...