back
CTIZAN AD

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुँदै

वि.सं.२०८० वैशाख १४ बिहीवार

750 

shares

काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आयोजना हुने भएको छ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो ।

वैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा हुन लागेको उक्त प्रदर्शनीमा औद्यागिक मेसिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादनको बृहत प्रदर्शनी हुँदैछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्टसको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

उक्त प्रदर्शनीमा आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिसहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एन्ड बेभरेजे तथा अन्य सेवामूलक उद्योगको उत्पादनको बृहत प्रदर्शनीमा राखिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन् ।

यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ । अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले सम्पूर्णलाई अवलोकन गर्न अनुरोध गरेको छ ।

वि.सं.२०८० वैशाख १४ बिहीवार ०८:५२ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...