back
CTIZAN AD

कृषि क्षेत्रका समस्या समाधान र विकल्पका बारे अन्तरक्रिया कार्यक्रम

वि.सं.२०८० वैशाख १५ शुक्रवार

939 

shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाईसँगै राखेर अन्तरक्रिया गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, कृषि विभागकी निमित्त महानिर्देशक डा. शान्ता कार्की समक्ष देशभरका ६० भन्दा बढी किसान प्रतिनिधिले कृषि कर्ममा भोग्नुपरेको समस्याबारे अवगत गराएका थिए ।

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेटका लागि कृषि क्षेत्रसँग सम्वन्धित विभिन्न सुझावहरु समेत दिएको छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि कृषिको उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, उत्पादनदेखि बजारीकरणसम्म स्पष्ट नीतिगत व्यवस्था एवं बिचौलिया बजार अन्त्य हुनुपर्ने लगायतका सुझाव चेम्बरले दिएको छ ।

चेम्बरका अध्यक्ष मल्लले मुलुकको खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । अध्यक्ष मल्लले भने, ‘कम्तिमा धान, मकै, गहँु, एवं फलफुल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ, कृषि प्रधान मुलुकमा बार्षिक ३ खर्ब रुपैयाँ हाराहारीमा खाद्यान्न मात्रै आयात हुनु मुलुककै लागि दुर्भाग्य हो ।’

अध्यक्ष मल्लले बाँझो जमिनलाई सदुपयोग गर्नेगरी ठोस नीति ल्याउन समेत आग्रह गरे । झण्डै ६५ प्रतिशत नागरिक कृषि कर्ममा आबद्ध भएपनि कुल ग्रार्हस्थ उत्पादन जीडीपीमा यो क्षेत्रको योगदान मुस्किलले २३ प्रतिशत मात्रै भएको मल्लले बताए । सरकारले पछिल्लो समय बाँझो जमिनको सदुपयोग नीति अन्र्तगत ५० बर्ष सम्म लिजको व्यवस्था गरेपनि प्रभावकारी कार्यन्वयन हुन नसकेको उनको भनाई छ । कृषि क्षेत्रमा प्रवाह हुने ऋण खेत किन्नेलाई नभई खेती गर्ने किसान समक्ष पु¥याउनुपर्नेमा मल्लले जोड दिए ।

कृषि मन्त्रालयका सचिव डा. शर्माले लगानीको प्रतिफल सुनिश्चित नभएकाले पनि कृषि क्षेत्रमा अपेक्षित लाभ लिन नसकेको बताए । खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षा मानेर सरकारले बजेटमा विशेष व्यवस्था गर्न लागेको सचिव शर्माले बताए ।

उनले भने, ‘खाद्य सुरक्षा विश्वकै लागि चुनौती बनिरहेको छ, सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर यो वर्ष बजेटमा विशेष व्यवस्था गर्न लागेको छ ।’ यो बर्ष खेती गर्ने समयमा समयमै मल उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । कृषिको उत्पादन वृद्धि, बजारीकरण, निर्यात प्रोत्साहनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सचिव शर्माले बताए । खेतीयोग्य जमिनमा सिंचाई सुविधाका लागि अन्तरमन्त्रालय समन्वयमा पनि समस्या भएको शर्माले बताए । कृषि योग्य भूमिलाई गैर कृषिमा निरुत्साहित गर्न सरकारले अधिकतम प्रयास गरिरहेको समेत उनले बताए ।

कार्यक्रममा देशभरबाट आएका किसान प्रतिनिधिले कृषि क्षेत्रमा विचौलिया सक्रिय रहेको गुनासो गरेका थिए । बिचौलियाका कारण नै कृषक र उपभोक्ता मारमा पर्ने गरेको कृषकहरुले बताए । कृषिको विकासका लागि नीतिगत समस्या सँगै अन्तरमन्त्रालय र तीन तहको सरकारबीच समन्वय नहुँदा समस्या भएको उनीहरुको भनाई छ । कृषिलाई पर्यटनसँग जोडेर योजना बनाउन आवश्यक रहेको अधिकांशको जोड छ ।

वि.सं.२०८० वैशाख १५ शुक्रवार ०८:२९ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...