काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनले आविष्कारका लागि सुरु गरिने जनआन्दोलनमा सहभागी हुन् आव्हान गरेका छन् ।
आज बिहान ९ बजेदेखि माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रम तथा अनुसन्धान, नबप्रबर्तन र आविष्कारको आन्दोलनमा भाग लिन आव्हान गर्दै सहभागी हुन चाहानेलाई प्लेकार्ड व्यानर र पर्चा समेत बनाएर ल्याउन सामाजिक संजालमार्फत् आव्हान गरेका छन् ।
यी हुन् पुनले आन्दोलनमार्फत् अघि सारेका नारा र मागहरु
१. ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष’ खडा गर ।
२. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।
३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर ।
४. ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन’ बनाउ ।
५. स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊ ।
६. नवउद्यमीहरुलाई हतोत्साह नगर ।
७. उद्यमशीलताको बिकास गर्न ‘नव उद्यमी पहिचान र प्रबर्धन समिति’ बनाउ ।
८. व्याबहारिक अनुसन्धान लाई प्रबर्धन गर्न ‘व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग’ खोल ।
९. यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।
१०. पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ ।
११. सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर ।
यहि बिषयमा अरु नाराहरु थप्न सक्नु हुनेछ ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार ०९:०४ मा प्रकाशित




























