back
CTIZAN AD

शान्ति र सुरक्षा चुस्त बनाउन एमालेको माग

वि.सं.२०८० वैशाख १५ शुक्रवार

630 

shares

काठमाडौँ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गरेका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली यही वैशाख १३ गते आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए ।

सो घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उनले घाइतेको काठमाडौँमा ल्याएर उपचार गर्न सरकारसँग माग गरे । घटनामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेता पौडेलले भने, “देशमा सरकार छ कि छैन ? संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्ता निकट मानिस संलग्न रहेको अध्ययनले देखाएको छ । उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी छ ।”

उनले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गरे । उनले नागरिकको सुरक्षामा सरकार गम्भीर हुन माग गरे ।

नेता पौडेलले केही दिनअघि काठमाडौँमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गरे ।

 

वि.सं.२०८० वैशाख १५ शुक्रवार १५:५४ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...