back
CTIZAN AD

भारतमा लामो समयको उपचारपछि आज स्वदेश फर्किदै डा.चन्द्र भण्डारी

वि.सं.२०८० वैशाख १७ आइतवार

987 

shares

काठमाडौं । भारतमा लामो समय उपचार गराएपछि नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारी आज नेपाल फर्किदै छन् ।

बुद्वनगरस्थित आफ्नै निवासमा गत फागुन ३ गते ग्यास लिकका कारण भएको दुर्घटनामा घाईते डा. भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको थियो ।

झण्डै साढे दुईमहिनाको उपचारमा स्वास्थ्यमा सुधार आएपछि डा. भण्डारी आज दिउँसो २ः ५५ बजे नेपाल एयरलाईन्सको फ्लाइटबाट नेपाल फर्किन लागेको मीन भण्डारीले जानकारी दिएका छन् ।
उनको थप उपचार अब नेपालमै हुनेछ ।

गत फागुन ३ गते भएको उक्त दुर्घटनामा परेर डा. भण्डारीका आमा हरिकला भण्डारी गम्भीर घाईते भएको र उनको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।

वि.सं.२०८० वैशाख १७ आइतवार ०८:३७ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...